Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

परिवर्तन गाउँपालिकाको वित्तीय प्रगति ८४.३७ प्रतिशत


२९, असार २०८१
  • 302
    SHARES
  • परिवर्तन गाउँपालिकाको वित्तीय प्रगति ८४.३७ प्रतिशत

    रोल्पा । परिवर्तन गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगतिको विवरण सार्वजनिक गरेको छ ।

    शुक्रबार गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को स्थानीय सञ्चित कोष र विविध खर्च खाताबाट खर्च लेखाङ्कन सम्बन्धी कार्य अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)ले सञ्चालन गर्ने खाता बन्द गरिने व्यवस्था अनुसार २४ असार राति १२ बजेदेखि एक हप्ता बन्द भएको घोषणा गर्दै गाउँसभाबाट स्विकृत बार्षिक बजेट योजना तथा कार्यक्रमको वित्तीय प्रगती सार्वजनिक गरेको हो ।

    परिवर्तन गाउँपालिकाका लेखा प्रमुख हरिषचन्द्र डाँगीले जानकारी दिए अनुसार परिवर्तन गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/०८१ को कुल बजेट ४५ करोड ५८ लाख ६ हजार ३ सय १२ रुपियाँमा ३८ करोड ४६ लाख ६ हजार २ सय ५० रुपियाँ अर्थात ८४.३७ प्रतिशत खर्च भएको जानकारी दिनु भएको छ ।

    जसमध्ये चालु खर्चमा ३३ करोड ७४ लाख २९ हजार ४३ रुपियाँ विनियोजन भएकोमा २८ करोड ३० लाख ६० हजार ७ सय ४९ रुपियाँ अर्थात ८३.८८ प्रतिशत खर्च भएको छ । त्यस्तै कुल बजेट मध्ये पुँजीगत तर्फ ११ करोड ८३ लाख ७७ हजार २ सय ६८ रुपियाँमा १० करोड १५ लाख ४५ हजार ५ सय रुपियाँ अर्थात ८५.७८ प्रतिशत खर्च भएको छ । त्यस्तै संघ र प्रदेशमा फिर्ता गर्नुपर्ने रकम समेत फिर्ता भइसकेको लेखा प्रमुख डाँगीले भने ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend