Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै


३०, असार २०८१
  • 225
    SHARES
  • युरो कप फुटबलको उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दै

    काठमाण्डौ – युरो कप फुटबल सन् २०२४ को उपाधिका लागि आज राति स्पेन र इङ्ल्यान्ड खेल्दैछन् ।

    फाइनल खेल जर्मनीको बर्लिनमा रहेको ओलम्पिक रङ्गशालामा नेपाली समय अनुसार आज राति पौने एक बजे शुरु हुनेछ ।

    पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–१ गोलले हराउँदै स्पेन र दोस्रो सेमिफाइनलमा नेदरल्यान्डस्लाई २–१ गोलले नै हराउँदै इङ्ल्यान्ड फाइनलमा पुगेको हो ।

    यी दुई टोली मध्ये फाइनल जसले जिते पनि इतिहास रच्नेछन् । स्पेनले अहिलेसम्म तीन पटक उपाधि जितेको छ । यसपटक जितेमा उसले सर्वाधिक चार पटक उपाधि जित्नेछ ।

    त्यस्तै अहिलेसम्म उपाधि जित्न नसकेको इङ्ल्यान्ड अघिल्लो संस्करणमा इटालीसँग फाइनलमा पराजित भएको थियो ।

    इङ्ल्यान्डका ह्यारी केनका लागि पनि व्यक्तिगत रूपमा आजको फाइनल खेल महत्वपूर्ण उपाधिको अवसरका रूपमा रहेको छ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend