Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय


३०, असार २०८१
  • 157
    SHARES
  • देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय

    काठमाडौं । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ ।

    कांग्रेस नेता डा.शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले कांग्रेसले पाउने १० मध्ये ३ जना मन्त्री दिने सभापति शेरबहादुर देउवाको तयारीपछि उनीहरु छलफलमा जुटेका हुन् ।

    कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।

    संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् । आजको बैठकले सभापति देउवासँग ४ मन्त्री माग्ने निर्णय गरेको छ ।

    बैठकमा सहभागी एक नेताका अनुसार शेखर गगन समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

    आज साँझ एमाले अध्यक्ष अ‍ोली प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनले भोलि बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले कम्तिमा पनि १५ जनालाई मन्त्री नियुक्त गर्नेगरि तयारी गरेका छन् ।

    कांग्रेसले शनिबारमात्रै कार्यसम्पदन समिति बैठक बोलाएर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend