काठमाडौँ । असार ३१ गतेका लागि तय भएको त्रिभुवन विश्व विद्यालयको सभा स्थगित भएको छ ।
त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद्को बैठकले त्रिवि सभा बोलाएको थियो । देशको राजनीतिक परिस्थितिका कारण त्रिवि सभा स्थगित गरिएको त्रिवि रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
परिषद् बैठकले त्रिवि सभा गर्न प्रस्ताव गरेकोमा प्रधानमन्त्री तथा त्रिविका कुलपतिले असार ३१ गते सभा गर्न स्वीकृति प्रदान गरेका थिए ।
तर, हाल पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाउन नसकेपछि उनी काम चलाउको हैसियतमा पुगेका छन् । जसका कारण त्रिवि सभा स्थगित गरिएको हो ।