Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कांग्रेसले टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु


३१, असार २०८१
  • 191
    SHARES
  • कांग्रेसले टुंग्यायो १० मन्त्रीको नाम, गृहमा लेखक परराष्ट्रमा आरजु

    काठमाडौं । मन्त्रीको भागबन्डा मिलेसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना मन्त्रीको नाममात्र टुंग्याएका छन् ।

    पार्टीको संस्थापन इतर समूह भनिने शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गरेपछि देउवाले १० जनाको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।

    देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।

    सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् ।

    शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् । सो मन्त्रालयमा शेखर गगन समूहले पनि मन्त्रीहरुको नाम टुंगो लगाएको छ ।

    स्रोतका अनुसार प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषिमन्त्री बन्नेछन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend