Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेत्र ज्योति संघ गुल्मीद्वारा अग्निपिडितलाई आर्थिक सहयोग हस्तान्तरण


३१, असार २०८१
  • 287
    SHARES
  • नेत्र ज्योति संघ गुल्मीद्वारा अग्निपिडितलाई आर्थिक सहयोग हस्तान्तरण

    गुल्मी । नेपाल नेत्र ज्योति संघ गुल्मीले इस्मा र मदाने गाउँपालिकाका अग्नीपीडित परिवारहरुका लागि एक लाख पचास हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    शुक्रबार नेपाल नेत्रज्योति संघ मदाने आँखा उपचार केन्द्र पुर्कोट आयोजना गरिएको कार्यक्रममा मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवर, उपाध्यक्ष सरिता खड्का, प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीको उपस्थितिमा अग्नी पीडितहरुलाई वितरण गर्ने गरि अग्निपिडित वडाका वडा अध्यक्षलाई ८० हजार रुपैया रकम हस्तान्तरण गरिएको जानकारी नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वर पाण्डेले दिनुभयो ।

    केन्द्रीय महासचिव भरतबहादुर चन्दको सहजीकरणमा प्राप्त राहत सहयोग अग्निपिडित परिवारलाई वितरण गर्नका लागि मदाने गाउँपालिका वडा नम्बर–०१ का वडा अध्यक्ष शुशिल चन्दलाई रु.५० हजारको चेक, वडा नम्बर–०६ का वडा अध्यक्ष मनिराम थापालाई रु.१८ हजार नगद र वडा नम्बर–०७ का वडा अध्यक्ष सन्तोष केसीलाई रु.१२ हजार गरी जम्मा रु.८० हजार हस्तान्तरण गरिएको हो ।

    Madane EYE Support.jpg

    रकम हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुँवरले अग्निपिडित परिवारलाई सहयोग गरेकोमा संघलाई धन्यवाद ज्ञापन गर्नुभयो । नेत्र ज्योति संघ आफै गैरसरकारी संस्था भएर पनि आँखा उपचारको क्षेत्रमा राज्यले ब्यबस्थित रुपमा दिन नसकेको सेवा नेपाल नेत्र ज्योति संघले दिएकोमा संघप्रति आभार प्रकट गर्दै अध्यक्ष कुँवरले भन्नुभयो,–“ नेपाल नेत्र ज्योति संघले विगत एक वर्ष देखि मदाने गाउँपालिकासँगको सहकार्यमा मदाने आँखा उपचार केन्द्रको स्थापना गरी पालिकाबासीलाई नियमित सेवा पुर्‍याउँदै आएकोमा उक्त सेवालाइ सहयोग पुराउने गरि स्रोत थप गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल नेत्रज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डे, कार्यसमिति सदस्य अशोक पाण्डे, विनोद पाण्डे, मदाने आँखा उपचार केन्द्र सञ्चालक समितिका अध्यक्ष सुनिल थापा,उपाध्यक्ष वसन्त गैरे, सहसचिव नारायण चन्द लगायतको उपस्थिति रहेको थियो ।

    आँखा उपचार केन्द्रले २०८० साउन महिना देखि सेवा आरम्भ गरेको मदाने आँखा उपचार केन्द्रबाट एक वर्षको अवधिमा १५ सय जनाको आँखा परीक्षण गरि उपचार गरिएको र ति मध्ये ४२ जनाको निःशुल्क आँखाको मोतिया बिन्दुको अप्रेशन भएको जनाइएको छ । यसैगरी संघले गुल्मीको इस्मा गाउँपालिकाका अग्निपीडितहरुका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

    नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र तम्घासमा एक औपचारिक कार्यक्रमका बीच इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुलाई रु.५० हजारको चेक हस्तान्तरण गरिएको हो ।

    366800271PIC-ISMA-SAHAYOG.jpeg

    नेपाल नेत्र ज्योति संघ गुल्मीका सभापति अखिलेश्वरप्रसाद पाण्डेयले संघका निवर्तमान अध्यक्ष शेर बहादुर थापा, सचिव पदमप्रसाद पाण्डे, कोषाध्यक्ष वीरेन्द्र भुसाल, सह–कोषाध्यक्ष पार्वता थापा, कार्यालय प्रमुख सूर्यबहादुर बस्नेत, लेखापाल वीरबहादुर कार्की तथा पत्रकारको सहभागीतामा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

    आफैले सहयोग रकम जम्मा गरेर यस्ता संघसंस्था सञ्चालन गर्नुपर्ने बाध्यता रहेको अवस्थामा संस्थाले पैसा संकलन गरी हामीलाई जुन सहयोग पुर्याउनुभयो, त्यसका प्रति हामी आभारी छौं ।” इस्मा गाउँपालिका अध्यक्ष खड्काले आफ्नो विचार ब्यक्त गर्दै भन्नुभयो ।

    विगतमा दुई वर्ष देखि अत्यन्तै सहयोग पुर्याउँदै आएको बताउँदै नेत्र ज्योति संघसँगको सहकार्यमा इस्माका ९७ वर्षीय वृद्धा सहित ६७ जना नागरिकहरुले मोतिया बिन्दुको शल्यक्रिया गरिएको जानकारी अध्यक्ष खडकाले कार्यक्रममा दिनुभयो ।

    आर्थिक वर्ष २०८०/८१ को हालसम्म मा १९ हजार ८ सय ९३ जनाले आँखाको उपचार गराएका छन् । जिल्ला आँखा उपचार केन्द्र तम्घासबाट १२ हजार ९ सय ५७ जनाको आँखाको जाँच गरिएको छ ।

    मुसिकोट नगरपालिका वामीमा रहेको आँखा उपचार केन्द्रबाट ३ हजार २, चन्द्रकोटको शान्तिपुरमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ६०२, मालिका गाउँपालिकाको सिमलटारीमा रहेको आँखा उपचार केन्द्रबाट ८६०, मदानेमा रहेको आँखा उपचार केन्द्रबाट १ हजार ४७२ जनाले आँखाको सेवा लिएका छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend