Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’


३१, असार २०८१
  • 126
    SHARES
  • रामपुर नगरपालिकामा एक सय ३२ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’

    पाल्पा । जिल्लाको रामपुर नगरपालिकाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेको छ ।

    चार वर्षदेखि नगरमा उक्त कार्यक्रम सञ्चालन भएसँगै यसको प्रभावकारिता पनि बढ्दै गएको छ । नगरपालिकाले ल्याएको ‘मेयर छात्रवृत्ति’कार्यक्रमबाट यस वर्ष एक सय ३२ विद्यार्थी लाभान्वित भएका छन् ।

    विपन्न, गरिब, असहाय बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले उक्त कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आइरहेको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका २१ सामुदायिक विद्यालय र एउटा क्याम्पसका साधारण र उच्च प्राविधिक तथा विज्ञानतर्फ अध्ययनरत एक सय ३२ विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराइएको हो ।

    नगरपालिकाले रु चार लाख ६६ हजार छ सय छात्रवृत्तिस्वरुप वितरण गरेको जनाउँदै नगरप्रमुख थापाले छात्रवृत्ति पाउनेमा साधारतर्फ एक सय २४ र उच्च प्राविधिक तथा विज्ञानतर्फ आठजना विद्यार्थी रहेका बताउनुभयो ।

    साधारणतर्फ बालहित, वीरेन्द्र, कालिका, अकला, मदरसा नुरुलहोदा अहले सुन्नत, विपी आदर्श र शारदाशरण प्राविका दुई/दुईजना विद्यार्थी छनोट रिएको थियो ।

    रामपुर आधारभूत विद्यालयमा चार, दरैठाँटी माविमा १०, रामतुलसी नमूना माविमा १४ जना विद्यार्थी छनोट भएका नगर शिक्षा अधिकृत विकल काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गङ्गा, सीता, सरस्वती, कृष्णादेवी, आधारभूत, जनविकास, नवदुर्गा, कालिका र सीताराम माविबाट छ/छ जनाले रु १५ हजारका दरले छात्रवृत्ति पाएका छन् ।

    उच्च प्राविधिक तथा विज्ञानतर्फ दरैठाँटी माविमा दुईजनालाई रु आठ हजार, आधारभूत मावि र रामतुलसी नमूना माविमा तीन/तीनजनालाई छात्रवृत्तिस्वरुप रु १२/१२ हजार रकम वितरण गरिएको छ ।

    साथै शहीद बहुमुखी क्याम्पस रामपुरमा भर्ना भएका २४ जना दलित समुदायका विद्यार्थीलाई भर्ना शुल्कबापत रु दुई लाख १६ हजार छ सय प्रदान गरिएको नगर शिक्षा अधिकृत काफ्लेले जानकारी दिनुभयो ।

    उहाँका अनुसार नगरले विद्यार्थीको अवस्था र सङ्ख्याको अनुपातका आधारमा छात्रवृत्ति दिँदै आएको छ । यो कार्यक्रम नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि सुरु गरेको हो ।

    ‘मेयर छात्रवृत्तिकोष’ अन्तर्गत सञ्चालित कार्यक्रमका लागि पहिलो वर्ष रु पाँच लाख बजेट विनियोजन गरिएकामा रु दुई लाख २४ हजार एक सय ८० रकम बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो ।

    गत आवमा गङ्गा माविका र रामपुर आधारभूत विद्यालयका चाररचार, आधारभूत मावि र दरैठाँटी माविका समान पाँच, रामतुलसी नमूना माविका छ, नवदुर्गा माविका १०, शहीद बहुमुखी क्याम्पसका ३३ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको थियो ।

    नगरप्रमुख थापाले ‘मेयर छात्रवृत्ति’कार्यक्रमको प्रभावकारिता नगरमा बढ्दै गएको बताउनुभयो । आर्थिक समस्याका कारण पठनपाठन बीचमा छोड्न बाध्य भएका गरिब, विपन्न, असहाय बालबालिकालाई उक्त कार्यक्रमले सहयोग गरिरहेको उहाँको भनाइ छ ।

    “छात्रवृत्ति रकम वितरणले विद्यार्थीमा उत्साह बढेको छ, शैक्षिक क्षेत्रमा नगरले प्राथमिकता दिएर काम गरिरहेको छ, आर्थिक अभावमा कोही पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुनदिने छैनौँ”, नगर प्रमुख थापाले भन्नुभयो ।

    बालबालिका भविष्यको आधार हुन्, पूर्वाधार विकाससँगै बालबालिकाको शिक्षाका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको उहाँले बताउनुभयो ।

    असहाय बालबालिकाको संरक्षणका लागि नगरको तर्फबाट र अन्य सङ्घसंस्थासँग समन्वय गरेर कार्यक्रम सञ्चालन गर्दै आइएको नगरप्रमुख थापाले जानकारी दिनुभयो ।

    यहाँ विसं २०७४ पछि जन्मिएका बालबालिकालाई स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने नीति नगरपालिकाले लिएको उहाँको भनाइ छ । उहाँका अनुसार नगरले तीनजना बेसहारा बालबालिकालाई बालउद्धार कोषमार्फत रु २० हजार सहयोग गरिरहेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend