Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

खानेपानीमा ‘इकोली’ जीवाणु


२, साउन २०८१
  • 174
    SHARES
  • खानेपानीमा ‘इकोली’ जीवाणु

    काठमाडौँ । पाल्पा र रुकुमपूर्वका नागरिकले दैनिक प्रयोग गर्ने पिउने पानीको गुणस्तर कमजोर भएको पाइएको छ ।

    विभिन्न पालिकामा सञ्चालित खानेपानी योजनाको नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।

    पाल्पाका विभिन्न पालिकामा सञ्चालित ५२ वटा खानेपानी योजनाको ११४ वटा नमुना सङ्कलन गरी गुणस्तर परीक्षण गर्दा २८ प्रतिशत पिउने पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।

    सदरमुकाम तानसेनका ५, रामपुरका १०, पूर्वखोलाका ६, निस्दीका ४, रम्भाका ७, बगनासकालीका ५ वटा खानेपानी योजनाको पानी परीक्षण गरिएको थियो ।

    तिनाउका ६, माथागढीका २, रैनादेवी छहराका ४, रिब्दीकोटका ३ वटा खानेपानी योजनाको मुहानमै पानीको गुणस्तर परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

    ५२ वटा योजनामा गरिएको परीक्षणमा २० वटा खानेपानी योजनाको पानीमा ‘इकोली’ जीवाणु भेटिएको हो ।

    पानीमा रहेको टर्बिडिटी, कन्डक्टिभिटी, क्लोरिनको परिमाण, पिएच र इकोलीको जाँच गर्दा यस्तो फेला पारेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कार्यालयका अनुसार केहीको मूल (स्रोत) मै पानी दूषित भएको पाइएको छ भने केहीको बिच भागमा पाइप फुटेर पानी दूषित भएको पाइएको छ ।

    यसैगरी रुकुमपूर्वका अधिकांश स्थानीय बासिन्दाले पनि ‘इकोली’ जीवाणु मिसिएको पानी पिउन बाध्य भएको एक अध्ययनले देखाएको छ । जिल्लाका हाल प्रयोग भइरहेकामध्ये अधिकांश स्रोतको पानी पिउन अयोग्य रहेको अध्ययनको निष्कर्ष छ ।

    भुमे र सिस्ने गाउँपालिकाका ३२ वटा ठाउँको खानेपानी परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वले जनाएको छ । परीक्षण गरिएकामध्येमा ६५ प्रतिशत ठाउँको पानीमा इकोली जीवाणु भेटिएको छ ।

    कार्यालयका अनुसार खानेपानीको मुहान, ट्याङ्की, धारामा आएको पानीको नमुना परीक्षणका क्रममा २२ ठाउँको पानीमा इकोली पुष्टि भएको हो ।

    भौतिक संरचना लथालिङ्ग र कमजोर अवस्थामा निर्माण गरिएका ठाउँका खानेपानी योजनामा इकोली जीवाणु भेटिएको हो ।

    खानेपानीका योजना निर्माण गर्दा निर्माण उपभोक्ता समिति र ठेकेदारले मापदण्ड अनुसार खाने पानीको संरचना निर्माण गर्न नसक्दा उपभोक्ता दूषित पानी पिउन बाध्य भएका हुन् ।

    इकोली जीवाणु मानिसको दिसा, बङ्गुरलगायत घरपालुवा जनावरको दिसा पिसाबमा भेटिने जीवाणु हो । यसले हैजा, आउँ, झाडापखाला, पानीजन्य अन्य रोग टाइफाइड, पेट, टाउको दुख्ने जस्ता रोग लाग्न सक्छ ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend