Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मी प्रशासनद्वारा अशक्तलाई घरमै नागरिकता प्रदान


२, साउन २०८१
  • 238
    SHARES
  • गुल्मी प्रशासनद्वारा अशक्तलाई घरमै नागरिकता प्रदान

    गुल्मी । गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई उनीहरुको घरमै पुगेर नागरिकता प्रदान गर्न थालिएको छ ।

    अपाङ्ता भएका धुर्कोट गाउँपालिका– १ स्थित नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले उहाँकै घरमै पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।

    जिल्ला प्रशासन कार्यालयले पछिल्लो समय जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेको प्रजिअ शर्माले जानकारी दिनुभयो ।

    “हामीले हरेक पालिकामा पुग्दा त्यहाँका जनप्रतिनिधिलाई त्यस्ता प्रकाकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौँ भनेका छौँ,” उहाँले भन्नुभयो ।

    अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकाले उनीहरुलाई कार्यालयबाट कर्मचारी घरमै पुगेर नागरिकता प्रदान गरिने व्यवस्था मिलाइएको प्रजिअ शर्माले बताउनुभयो ।

    अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रजिअ शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाउनु भएको थियो । आफुले गुनासो राखेपछि मङ्गलबार घरमै आएर छोरालाई विस्तारामै नागरिकता दिँदा आफूहरु निकै खुसी बनेको अन्मुलका बुबा ध्रुव घर्तीले बताउनुभयो ।

    “यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनुभयो, नागरिकता दिनुभयो, हामीलाई त भगवान आएजस्तै भयो,” घर्तीले भन्नुभयो ।

    स्वस्थ्य नै जन्मिएका अन्मुल जन्मेको चार दिनपछि कमलपित्तका कारण अपाङ्ता हुनुपरेको बताइएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि ओछ्यानमै छन् । उनी बोल्न र केही गर्न सक्दैनन् ।

    उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रुपमा खटिरहनुपर्ने बाध्यता छ । ध्रुवको तीन सन्तानमध्य उनी माइलो सन्तान हुन । बृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाइ रहनुभएको छ ।

    जिल्ला प्रशासन कार्यालयले यसअघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरुमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरुलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताउनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend