Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भैरहवा र नेपालगन्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न असफल


४, साउन २०८१
  • 231
    SHARES
  • भैरहवा र नेपालगन्ज भन्सार कार्यालय राजस्व सङ्कलनको लक्ष्य प्राप्त गर्न असफल

    बुटवल । भैरहवा भन्सार कार्यालय रुपन्देहीले लक्ष्यको ६३ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई आर्थिक वर्ष २०८०/८१ मा १ खर्ब २७ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएकोमा ७३ अर्ब ८३ करोडमात्र सङ्कलन गरेको छ ।

    आर्थिक वर्ष २०७९/८० मा १ खर्ब ५५ अर्ब ६० करोड रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य तोकेकोमा यो भन्सार कार्यालयले ७६ अर्ब ८९ करोडमात्रै सङ्कलन गरेको थियो ।

    तर अघिल्लो वर्षको तुलनामा २०८०/८१ मा ३ अर्ब ६ करोड कम राजस्व उठेको भैरहवा भन्सार कार्यालय सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले बताए ।

    नेपालगन्ज भन्सार कार्यालयको अवस्था पनि उस्तै छ । नेपालगन्ज भन्सार कार्यालयलाई विभागले २८ अर्ब ६६ करोड लक्ष्य दिएकोमा १८ अर्ब १५ करोड राजस्व असुली गरेको सूचना अधिकारी पूर्णप्रसाद लम्सालले जानकारी दिए ।

    गत वर्ष २९ अर्ब लक्ष्य रहेकोमा १८ अर्ब १९ करोड राजस्व असुल गरेको थियो । यो भन्सार कार्यालयले भने गत वर्षको तुलनामा ३ करोड कम राजस्व सङ्कलन गरेको छ ।

    खासगरी भैरहवा र नेपालगन्जमा पछिल्लो समय पेट्रोलियम पदार्थ, गाडी मोटरसाइकल आयातमा कमी भएको छ ।

    नेपालगन्ज भन्सार कार्यालय सूचना अधिकारी लम्सालले नेपालगन्ज भन्सार कार्यालयबाट खाद्यान्न आयातमा पनि कमी आएको बताए । धेरै बस्तुको आयात घटेका कारण राजस्व सङ्कलनमा कमी आएको उनको भनाइ छ ।

    भैरहवा भन्सार कार्यालयले डिजेल, पेट्रोल, फलामे बिलेट र अन्य व्यापारिक वस्तुको आयातबाट बढी मात्रामा राजस्व असुल गर्दै आएको छ ।

    भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नरेन्द्र प्रसाद चौधरीले मोटरसाइकल, टायल, मार्बल, रेडीमेड कपडा विगतको तुलनामा कम आयात भएकाले राजस्व प्रभावित भएको बताए ।

    बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले भन्सारमा आयात कम भएका कारणले राजस्व सङ्कलन घटेको बताए ।

    उनले राजस्व घट्यो भनेर चिन्तामात्र नगरेर निर्यातको अवस्था सुधार भएको छ कि छैन भन्ने हेर्नुपर्नेमा जोड दिए ।

    bhairahawa-custo1_x8htmT3ByZ.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend