Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काँग्रेसले महासमितिका प्रस्ताव ५ महिनापछि पारित गर्ने


४, साउन २०८१
  • 139
    SHARES
  • काँग्रेसले महासमितिका प्रस्ताव ५ महिनापछि पारित गर्ने

    काठमाडौँ । नेपाली काँग्रेसले गत फागुनको पहिलो साता भएको महासमितिको बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने भएको छ ।

    साउन २३ गते दिउँसो १ बजे मुख्यालय सानेपामा बस्ने बैठकले महासमिति बैठकमा पेश भएका प्रस्तावलाई पारित गर्न लागेको हो ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थित हुनेछन् । तर, बैठकको सबै एजेण्डा अहिले नै नटुङ्गिएको उनले बताए ।

    उनले बैठकको प्रमुख एजेण्डा महासमिति बैठकमा पेश गरेका प्रस्तावहरूलाई परिमार्जनसहित पारित गर्ने रहेको बताए । प्रस्तावमा आएको सुझावलाई टुङ्ग्याउन बनाइएको टीमले नेताहरूसँग छलफल गरेपछि मात्रै सबै विषय टुङ्गिने बताए ।

    फागुन १० मा सकिएको महासमिति बैठक उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले सर्वसम्मत पारित गरेको थियो । तर, त्यसलाई केन्द्रीय समितिले पूर्णता दिनेछ ।

    काँग्रेस महासमितिको बैठकपछि सत्ता परिवर्तनको खेलमा लागेकै कारणले अहिलेसम्म यी प्रस्तावहरू अलपत्र परेका थिए । यो बैठकमा उठेका प्रस्तावहरूलाई देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले काँग्रेससँगको सहकार्य तोडेर एमालेका मिलेका थिए ।

    तर, अहिले काँग्रेसले ओलीसँग काँध मिलाएर ‘प्रचण्ड’लाई सत्ता बाहिर बढाएर बदला लिइसकेको छ । दुई ठूला दलहरुबीचको सहमतिमा अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् भने १० महत्त्वपूर्ण मन्त्रालय लिएर काँग्रेस सत्तामा फर्किसकेको छ ।

    यस्तै, बैठकमा भ्रातृ संगठनहरूको अधिवेशन, पार्टीको आन्तरिक संगठनलाई सुदृण, पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend