काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका छन् ।
क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ ।
लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् ।
भ्यानकुभर र टोरन्टोबिच उद्घाटन खेलमै प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल आउँदो बिहीबार राति ८ बजेदेखि सुरु हुनेछ । सन्दीप चौथो, दीपेन्द्र दोस्रो तथा रोहित पहिलोपटक यो लिग खेल्नेछन् ।