Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

के छ त परिवर्तन गाउँपालिकाको इतिहास ?


२०, असार २०८०
  • 751
    SHARES
  • के छ त परिवर्तन गाउँपालिकाको इतिहास  ?

    रोल्पा। जनताको घरदैलोमा राज्यसत्ता पु¥याउनको लागि नेपाली जनताले करिब ७० बर्षसम्म राजनैतिक संघर्ष गरे। सार्बभौम जनताद्वारा निर्वाचित प्रतिनिधिबाट संविधान सभाले २०७२ असोज ३ गते नेपालको जारी गर्न सफल भए। जनयुद्ध,जनआन्दोलन,मधेस आन्दोलन,लगायतका विभिन्न संघर्ष र बलिदानको परिमाण स्वरुप देशमा संघीय गणतन्त्र,धर्मनिरपेक्षता,समावेशीता लगायत अन्य मौलिक हक र अधिकार ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि प्राप्त भएको भनी उल्लेख गरे।

    नेपालको संविधान २०७२ ले संघ,प्रदेश र स्थानीय तहको स्पष्ट ब्याख्या गरे।संविधान रक्षा र कार्यान्वयनको लागि नेपाल सरकारले सबै राजनैतिक पार्टीहरुको सहमतिमा २०७४ साल जेठ ३१ गते पहिलो स्थानीय तहको निर्वाचन मिति घोषणा गरे।विभिन्न राजनैतिक दलहरू आ-आफ्नो प्रतिवद्धता सहित चुनावी मैदानमा होमीएका थिए। नेपालमा स्थानीय तह ७५३ कायम भएको थियो।रोल्पा जिल्लामा पनि १० वटा स्थानीय तह निर्माण भयो।जहाँ पूर्वका साविकका गाविसहरु राङ्सी,कुरेली,राङ्कोट,पाछाबाङ र इरिबाङ मिलाएर ६ वडा निर्माण गरी दुईखोली गाउँपालिका भनेर २०७३ पुष १८ गते स्थापना भएको थियो।

    २०७४ साल जेठ ३१ गते पहिलो स्थानीय तहको निर्वाचन मिति घोषणा भएता पनि रोल्पा जिल्लामा २०७४ असार १४ गते निर्वाचन सम्पन्न भएको थियो।जसमा दुईखोली गाउँपालिकामा अध्यक्षमा निमकान्त डाँगी,उपाध्यक्षमा हित कुमारी बुढा मगर,वडा अध्यक्षमा बम बहादुर पुन मगरले,हरिप्रसाद बुढा मगर,झपिराम डाँगी,दल बहादुर बुढा बुढा,सुक बहादुर बुढा मगर र भान्सिङ बुढा मगर लगायत वडा सदस्य सबै गरी नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।

    पछि गाउँपालिकाको नाम फेर्ने कुरा चल्यो।स्थानीय तहमा दुई तिहाई बहुमतको स्थानीय सरकार भएकोले नाम फेर्नमा कुनै विवाद सिर्जना भएन।दुईखोली गाउँपालिका अन्तर्गत त्याग र बलिदान गर्नु हुने दुईखोली गाउँपालिका-३ साविकको इरिबाङ गाविसको पूर्णागाउँमा जन्म भइ सहिद हुनु भएका नेप बहादुर केसी९परिवर्तन०को नामबाट दुईखोली गाउँपालिकाबाट परिवर्तन गाउँपालिका हुन गएको हो।

    358345299_635520505197371_4301373454377353012_n.jpg

    उतिबेला अध्यक्ष निमकान्त डाँगी,उपाध्यक्ष हित कुमारी बुढा मगर,सबै वडा अध्यक्षहरु,सबै गाउँ कार्यपालिकाका सदस्यहरुले परिवर्तन गाउँपालिका नामाकरणमा पहिलो निर्णय भएको परिवर्तन गाउँपालिकाका अध्यक्ष सुक बहादुर बुढा मगरले बताए।२०७४ साल असार १४ गते चुनाव भएको सम्पन्न भएको बताउदै हामीले दुईखोली गाउँपालिकाबाट  २०७४ को पहिलो गाउँसभाले भदौ २७ गतेको सर्वसम्मत निर्णयले परिवर्तन गाउँपालिका राख्ने निर्णय गरेको छ,बुढा मगरले भने।त्यतिबेला पहिलो गाउँसभा भएको निर्णय के थियोे भने नेपाल संघीय संरचनामा जाने भइसकेपछि भूगोलका कुरा,नामाकरणका कुरा र केन्द्रको कुरामा जिल्ला ठूलो बहस नै थियो ।

    विभिन्न पार्टीको बीचमा विशेषत यसको नामाकरणको हिसाबले  के राख्ने र केन्द्र कहाँ बनाउने भन्ने विषयमा छलफल  गरेर हामीले त्यतिबेला चाहिँ छलफल गरेर मूलतःम पार्टीको जिम्मेवार हिसाबले म आफै यो बनाउने कुरामा अग्रह खालको त्यो खालेको भूमिका निर्वाह गरेको बताए।त्यतिबेला जिल्लाको अन्तिम गोष्ठीमा पनि नेकपा माओवादी केन्द्रको तर्फबाट आफू सहभागी भएको स्मरण गर्नुभयो।

    उतिबेला गरेको प्रस्ताव के थियो भन्दा तत्कालीन हिसाबले चाहिँ  यसको केन्द्रको हिसाबले हामीले त्यतिबेला पहिले पुतलाखोला नामाकरण गरेको र पछीमात्र पुतलाचौर भनेर नामाकरण गरेका थियौं,बुढा मगरले भने।पुतलाखोला भनेको यो क्षेत्रमा हिसाबले भौगोलिक हिसाबले पनि र सबै हिसाबले बनाउदा खेरी केन्द्र राम्रो हुन्छ भन्ने हिसाबले प्रस्ताव गरेका थियौ भने नाम के राख्ने त भन्दा खेरी साविकको गाविसहरुको एउटा केन्द्रबिन्दुको हिसाबले,संगम बिन्दुको हिसाबले र सबैको केन्द्रबिन्दुको हिसाबले दुईखोली प्रस्ताव गरेका थियौ,बुढा मगरले भन्नुभयो।

    नाम दुईखोली गाउँपालिका, केन्द्रबिन्दु पुतलाखोला भनेर चाहिँ र साविकको राङ्कोट गाविसको भवनबाट सेवाप्रवाह गर्ने भनेर राजपत्रमा प्रकाशित भएको थियो र पछी २०७४ असार १४ को चुनाव पछी भदौ २७ गते बसेको पहिलो गाउँसभाको बैठक बसेको थियो भने पहिलो गाउँसभाको निर्णयलेनै परिवर्तन गाउँपालिका बनाउने निर्णय गरेको बताए।किनकि नेपालमा जुन किसिमको परिवर्तन भयो र नेपालमा राजनैतिक जुन किसिमको परिवर्तन भयो यसको पछाडिको मुल कारण भनेको मूलतःश्रीय जग भनेको मुलतः बलिदान गरेकोलाई नै दिनुपर्छ भनेको त्यो भनेको सहिदहरु भएको बताए।

    सहिदहरु भएको कारण हाम्रो साविकको दुईखोली गाउँपालिकामा भित्र सबै भन्दा ठूलो बलिदान गर्ने नेप बहादुर केसी९परिवर्तन०भएको कारणले गर्दा उहाँकै नामबाट यो गाउँपालिकाको नामाकरण गर्दा खेरी चाहिँ बलिदान प्रतिको सम्मान पनि हुने र हामीले परिवर्तन नाम राखिसकेपछि र परिवर्तन नाम राख्दाको अवस्था उपयुक्त हुने निष्कर्ष छलफलले निकाल्यो र हामीले परिवर्तन गाउँपालिका राख्न पुगेका हौं,बुढा मगरले भने।

    यसको केन्द्र के बनाउने भन्दा खेरी हामीले पुतलाखोला भन्दा खोला मात्र छ के होरुभन्ने गलत अर्थ मानिसहरुले लगाउने भएकोले र कतिपयले यसको नाम पुतलाखेत,पुतलाखोला र कतिपयले ढाङ्ढुङ्गाड भन्ने गरेकोले यसको समग्र नाम एउटै नाम पुतलाचौर राखिएको बताए।

    को हुन् शहिद नेक बहादुर केसी(परिवर्तन) ?
    नेप बहादुर केसी परिवर्तन गाउँपालिका-३ को इरिबाङ गाविस साविकको वडा नं.८ पूर्णागाउँमा बुबा भोगबहादुर केसी र आमा बिर्सु केसीको  कोखबाट २०२८ साल पुष २९ गते जन्मिनु भएको हो । सानै उमेर देखि नै राजनीतिक रूपमा आवद्ध हुनुहुन्थ्यो। विद्यार्थी कालदेखि नै यो समाजमा भएका विकृति,विसंगति विरुद्ध लडेर परिवर्तन गर्न सकिन्छ भन्ने सोच उहाँमा भएको परिवर्तन गाउँपालिका(२ का वडा अध्यक्ष तथा परिवर्तन गाउँपालिकाका प्रवक्ता हरिप्रसाद बुढा मगरले बताए।

    358404302_612346117627498_681887728532301825_n.jpg

    अन्याय,उत्पीडनमा परेका तमाम जाति,क्षेत्र,समुदाय सबैलाई मुक्त गर्न सकिन्छ भन्ने सोच विचार भएको व्यक्ति हुनुहुन्थ्यो,बुढा मगरले भने।जतिबेला वर्ग संघर्ष चल्यो २०४८ सालमा हो जस्तो लाग्छ मलाई त्यतिबेला पनि विद्यार्थी संगठनमा आवद्ध हुँदै सोनै उमेरमै २०४६ सालमा राजनीतिकमा जोडिएको देखिन्छ।त्यसपछि २०५०र५१ सालमा वर्ग संघर्षमा हाम फाल्दै भूमिगत पनि हुनुभयो।

    उहाँले यो दुनियाँ बदल्नका लागि पढ्न पाउनु भएन भने जनयुद्धमा आवद्ध समेत हुनुभयो बुढा मगरले भने। बिद्रोही स्वभाव भएकोले २०५२ साल फागुन १ गतेदेखि सुरु भएको जनयुद्धको लडाकु समेत सम्झाल्दै आउनु भएको थियोे।लडाकु दलमा आवद्ध र इस्वाइरमा आवद्ध हुँदै २०५५ सालमा स्क्वायड कमान्डर हुँदै पश्चिम् नेपालको जहाँ कालिकोट,जाजरकोट तिर जानुभयो र त्यहाँका दुर दराजमा गएर चाहिँ जनयुद्धको प्रचार-प्रसार,संगठन विस्तार देखि लिएर विभिन्न फौज आक्रमणमा सहभागी भएर त्यहाँका मानिसहरूलाई जनयुद्धमा आवद्ध गराउने र तत्कालीन नेकपा माओवादी केन्द्रमा फौजमा आवद्ध गराएर लडाकु फौज निर्माण गरेका थिए,बुढा मगरले भन्नुभयो।

    पछी २०५६ मा प्लाटुन कमाण्डर हुनुभयो,२०५७ मा कम्पनी कमाण्डर  हुनुभयो,२०५८ मा जनमूक्ती सेनाको बटालियन कमाण्डर हुनुभयो र २०५९ मा व्रिगेड कमाण्डर तथा  नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत भएका थिए भने त्यसपछि दर्जनौं मोर्चा थुप्रै लडाइँमा आवद्ध हुनुभयो र उहाँको नेतृत्वमा थुप्रै लडाइँ पनि सफल बनाउनुभयो।केसीले आफ्नै नेतृत्वमा थुप्रै लडाइँ सफल पार्नुभयो भने जनयुद्धलाई सफल बनाउन विशेष योगदान रहेको छ,बुढा मगरले भन्नुभयो।पश्चिम नेपालको खासगरी कर्णाली अञ्चलको जुम्ला,कालिकोट र जाजरकोट तिर गएर ठूलो जिम्मेवारी निर्वाह गर्नुभएको थियो भने मृत्यु २०६१ बैशाख ३१ गते कपिलवस्तु जिल्लामा आन्तरिक दुर्घटनाका कारण भएको थियोे,बुढा मगरले भने।

    नेपालको गणतन्त्र प्राप्तिका लागि संघीय प्राप्तिका लागि जुन पछाडी परेका जाती,लिङ्ग,वर्गका लागि समावेशी समानुपातिक प्रतिनिधित्व हुने भनेर संविधानमा समावेश भयो।नेपालमा गणतन्त्र घोषणा भयो यो नेपालमा ठूलो परिवर्तन भएकोले यसको संस्थापन गर्ने र नेपाली जनताको समृद्धिको कुरा छदैछ।जुन परिवर्तनका लागि नेपाली जनताले योगदान गरे त्यो श्रेणीमा पहिलो परिवर्तन गाउँपालिका बाट नेप बहादुर केसी हुन् ।

    जसले गर्दा गाउँपालिकाको नाम परिवर्तन राख्न पुगेको र नाम मात्र नहुने भएकोले हामीले एउटा भोलिको दिनमा परिवर्तन पार्कलाई साच्चिकै पार्कको रूपमा विकास गर्ने गरेर आन्तरिक तथा बाह्य पर्यटक घुम्ने खालको रूपमा विकास गरेमा बाहिरबाट आउने पर्यटकहरुले परिवर्तन गाउँपालिका भित्र घुम्ने ठाउँ कहाँ छ त भनेपछि परिवर्तन पार्क छ है सहिदको नाम बाट नामाकरण भएको छ र त्यहाँ पुग्नुपर्छ भन्ने खालको बनाउनुपर्ने बताए।

    परिवर्तन पार्क यहाँ रहेछ सुन्दर ठाउँ रहेछ र यसरी परिवर्तन गाउँपालिका र परिवर्तन पार्कको नजिकबाट नियाल्न सकिने छ।अहिले फूलका बगैंचा बनाउने,विरुवाहरु रोप्ने र भविष्यका लागि फ्री जोम निर्माण गरि त्यहाँ फ्री वाईफाईको व्यवस्थापन गर्ने गरि काम अगाडि बढेको बताए।अहिले सामाजिक सञ्जाल प्रयोग गर्ने  प्रयोगकर्ताहरु दिनहुँ बढ्दो अवस्थामा रहेकाले भोलिका दिनमा आन्तरिक तथा बाह्य पर्यटकले परिवर्तन पार्कलाई देखाउन न म अहिले यहाँ परिवर्तन पार्कमा छु यो ठाउँ घुम्न र रमाइलोका लागि राम्रो रहेछ भनी प्रचार-प्रसार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए।

    357992293_581600104148450_6184039012141394786_n.jpg

    परिवर्तन भन्न बित्तिकै दुईवटा अर्थ लाग्ने परिवर्तन गर्दछ । एउटा नाम परिवर्तन गाउँपालिका राखी रहँदा सहिदको उच्च मुल्यांकन भएको  र अर्को परिवर्तन भनेको फरक प्रगतिशील शब्द भएको समेत बुढा मगरले बताए।समग्र रूपमा परिवर्तन भन्नाले सबै विषयको परिवर्तनका लागि कुराहरू जोड्छ,त्यो गाउँ,त्यो ठाउँ,त्यो समाज र त्यहाँका आम नागरिकले परिवर्तन चाहन्छन नयाँ कुरा चाहन्छन भन्ने सन्देश दिन खोजेको छ।साथै बाहिरका आम नागरिकले परिवर्तन भन्न बित्तिकै नौलो हो भन्ने बुझेता पनि गाउँपालिकाको सन्दर्भमा भने परिवर्तन भन्न बित्तिकै सहिदको उच्च सम्मानको लागि गाउँपालिकाको नाम परिवर्तन गाउँपालिका राखिएको समेत बताइएको छ।

    आगामी आर्थिक बर्ष २०७९/०८० नीति तथा कार्यक्रममा समेटिएको क्रमागत योजनामा परिवर्तन गाउँपालिका क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा आगामी आर्थिक बर्ष २०८०/०८१ मा परिवर्तन गाउँपालिका वडा नं.३ रहेको परिवर्तन पार्कलाई स्तरोन्नति गरी सुन्दर बगैंचाको रूपमा विकास गरि फ्री वाईफाई जोन बनाउने उल्लेख गरिएको छ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend