Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कृष्णनगर विद्युत् केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन


८, साउन २०८१
  • 221
    SHARES
  • कृष्णनगर विद्युत् केन्द्रद्वारा एक अर्ब २८ करोड राजस्व सङ्कलन

    कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा रु एक अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व सङ्कलन गरेको छ ।

    वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा ३७ दशमलव ८६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको हो ।

    कृष्णनगर वितरण केन्द्रका प्रमुख सुशील पौडेलले भन्नुभयो, “आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले रु ९३ करोड ४२ लाख २३ हजार आठ सय ५१ रुपैयाँ २५ पैसा सङ्कलन गरेको थियो ।”

    गत आवमा नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिनुभयो ।

    आव ०७९/८० मा नौ करोड ९२ लाख ४३ हजार दुई सय ८६ युनिट खपत भएको थियो । गतवर्षको तुलनामा ४० दशमलव ०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।

    प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत् चोरी गर्ने ५४ जनालाई कारबाही गरी रु आठ लाख १९ हजार सात सय २२ रुपैयाँ ५४ पैसा सङ्कलन गरेको छ ।

    कालोसूचीमा परेका ६१ ग्राहकबाट रु ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत् चोरी गर्ने १० जनामार्फत रु दुई लाख ४४ हजार चार सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत रु तीन लाख तीन हजार नौ सय ५३, बन्दी मिटरबाट रु चार लाख २९ हजार चार सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ । विद्युत् महसुल शुल्क नतिरेका दुई हजार तीन सय ४९ जनामार्फत रु छ करोड ७५ लाख आठ सय ३३ सङ्कलन गरेको हो ।

    केन्द्रले सडक बत्तीको रु सात करोड चार लाख ३७ हजार नौ सय ८३ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता रु छ करोड छ लाख ३३ हजार एक सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ ।

    वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् ।

    बाँकी पाँचवटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कूल ५० हजार पाँच सय ८१ ग्राहक छन् ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend