Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु, एक जना बेपत्ता


१२, साउन २०८१
  • 265
    SHARES
  • तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु, एक जना बेपत्ता

    बुटवल । रुपन्देहीको तिनाउ नदीमा डुबेर एक जना बालकको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

    बुटवल उपमहानगरपालिका-१, सिर्जनानगरमा रहेको आफन्तमा आएका दुई बालक नदीमा पौडी खेल्ने क्रममा बगेका हुन ।

    तिनाउ नदीमा बगेकामध्ये १२ वर्षीय विवश खत्रीको शव नदी छेउमा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

    आफ्नी आमासँग सानी आमाको घरमा भेट गर्न आएका बागलुङको बरेङ गाउँपालिका- ४ घर भई सिर्जनानगर बस्ने १२ वर्षीय विवश खत्री र सैनामैना नगरपालिकाका ८ वर्षीय विप्रन पाण्डे तिनाउ नदीमा बगेका हुन् ।

    इलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिनाउ नदीमा पौडी खेल्न गएका तीन जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खबर गरेका थिए ।

    तिनाउ नदीमा बगेका दुवै बालक दिदी बहिनीका छोरा हुन् । पण्डितका अनुसार नदीमा बेपत्ता विप्रन पाण्डेको खोजी भइरहेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend