Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी


१६, साउन २०८१
  • 125
    SHARES
  • नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी

    नेपालगन्ज । जडीबुटी निकासीको प्रमुख नाका मानिएको नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा ७५ करोडभन्दा बढीको जडीबुटी निकासी भएको छ । 

    नेपाल जडीबुटी व्यवसायी सङ्घले विभिन्न प्रकारका समस्या र अवरोधका बाबजुद पनि गत आवमा ७५ यो नाकाबाट करोडको जडीबुटी निकासी भएको जनाएको छ । 

    नेपाल जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टङ्कप्रसाद शर्माले निकासीमा आन्तरिक तथा बाह्य क्षेत्रबाट विभिन्न प्रकारका समस्या र चुनौती रहे पनि पश्चिम नेपालका व्यवसायीले एक वर्षमा ७५ करोड ४६ लाख ५० हजार रुपियाँको जडीबुटी निकासी गर्न सफल भएको बताउनुभयो ।

    उहाँले गत केही वर्षयता नेपाली जडीबुटीप्रति भारतको कडा रबैया र नेपाल सरकारकै अस्पष्ट नीतिका कारण जडीबुटी निकासीमा समस्या हुँदै आए पनि व्यवसायीले उत्साहजनक रूपमा जडीबुटी निकासी गरेको बताउनुभयो । 

    नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आव २०८०/८१ मा नेपालगन्ज नाकाबाट ७५ करोड ४६ लाख ५० हजार मूल्य बराबरको २६ लाख ६७ हजार ५३ किलोग्राम विभिन्न जडीबुटी निकासी भएको थियो । 

    अघिल्लो आव २०७९/८० मा यो नाकाबाट ८२ करोड ८० लाख २४ हजार मूल्य बराबरको जडीबुटी निकासी भएकोमा गत आवमा अघिल्लो वर्षको तुलनामा सात करोडले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।   

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend