Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अफगानिस्तान र दक्षिण अफ्रिकाबीच ऐतिहासिक द्विपक्षीय शृङ्खलाको घोषणा


१७, साउन २०८१
  • 131
    SHARES
  • अफगानिस्तान र दक्षिण अफ्रिकाबीच ऐतिहासिक द्विपक्षीय शृङ्खलाको घोषणा

    काठमाडौं । दक्षिण अफ्रिकाले आउँदो सेप्टेम्बरमा यूएईमा अफगानिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ ।

    दुवै देशका बोर्डले आज एक संयुक्त विज्ञप्तिमार्फत अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ऐतिहासिक द्विपक्षीय शृङ्खलाको पुष्टि गरेका हुन् ।

    आईसीसी प्रतियोगितामा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल भए पनि द्विपक्षीय शृङ्खला पहिलो पटक हुन लागेको हो ।

    यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेलको आयोजना अफगानिस्तान क्रिकेट बोर्डले गर्नेछ । यो शृङ्खलालाई आउँदो वर्ष हुने आईसीसी च्याम्पियन्स ट्रफीको तयारीको रूपमा लिइएको छ ।

    दक्षिण अफ्रिकाले अफगानिस्तानसँग एकदिवसीय क्रिकेटमा जम्मा दुई पटक सन् २०१९ र २०२३ को विश्वकपमा खेलेको छ ।

    यस्तै दक्षिण अफ्रिका र अफगानिस्तानबीच टी–२० क्रिकेटमा सन् २०१०, २०१६ र २०२४ मा गरी तीन पटक भेट भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend