Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भारत र श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरी


१९, साउन २०८१
  • 117
    SHARES
  • भारत र श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरी

    काठमाण्डौ – भारत र भारत र श्रीलङ्काबीचको पहिलो एकदिवसीय खेल बराबरीमा सकिएको छ । कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट मैदानमा हिजो भएको पहिलो खेल बराबरीमा सकिएको हो ।

    टस जितेर पहिला ब्याटिङ गरेको घरेलु टोली श्रीलङ्काले दिएको २ सय ३१ रनको लक्ष्य पछ्याएको भारत ४७ ओभर ५ बलमा २ सय ३० रन बनाउँदा अल आउट भयो । भारतका कप्तान रोहित शर्माले सर्वाधिक ५८ रन बनाए । अक्षर पटेलले ३३, केएल राहुलले ३१, शिभम दुवेले २५ रन जोडे ।

    श्रीलङ्काका वानिन्दु हसरंगा र कप्तान चरिथ असलंकाले समान तीन विकेट लिए । त्यसअघि श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३० रन बनाएको थियो ।

    श्रीलङ्काका पथुम निशंका र दुनिथ विलालागेले अर्धशतकीय पारी खेले । विलालागेले अविजित सर्वाधिक ६७ रन बनाए । निशंकाले ५६ रन जोडे । भारतका अक्षर पटेल र अर्शदिप सिंहले समान दुई विकेट लिए ।

    श्रृङ्खलाको दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend