Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

महिला भलिबल टिमलाई प्रधानमन्त्रीले दिए बधाई


२०, साउन २०८१
  • 182
    SHARES
  • महिला भलिबल टिमलाई प्रधानमन्त्रीले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिला भलिबल टिमलाई बधाई दिएका छन् । राजधानीमा जारी काभा महिला नेसन्स लिग भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई पराजित गरेपछि उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।

    “नेपालको जित । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित निकालेको छ । बधाई नेपाली टिम,” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् ।

    शनिबार भएको खेलमा नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलोपटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।

    निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५–१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५–१२ ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले पाखा लागाएको थियो । चौथो सेट नेपालले १८–२५ ले गुमायो । नेपालले अन्तिम तथा निर्णायक पाँचौँ सेटमा भारतलाई १५–१३ ले पराजित गर्‍यो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend