Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुर्घटनापछि आफन्तद्वारा सडक अवरुद्ध


२०, साउन २०८१
  • 270
    SHARES
  • दुर्घटनापछि आफन्तद्वारा सडक अवरुद्ध

    दाङ । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

    घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिवार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु भएको  हो ।

    दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राती राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ ।

    घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बस्नेतको मृत्यु भएको हो ।

    मृत्युपछि दोषीलाई कारबाही र पीडितलाई कारबाहीको माग गर्दै पीडितका आफन्तहरूले घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका छन् । जसका कारण घोराही–तुलसीपुर सडक खण्डमा सवारी साधन चल्न सकेको छैन ।

    प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्ना बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend