Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काभा वुमन्स भलिबल : आज नेपाल र इरान भिड्दै 


२०, साउन २०८१
  • 146
    SHARES
  • काभा वुमन्स भलिबल : आज नेपाल र इरान भिड्दै 

    काठमाडौँ । काभा महिला भलिबल लिगमा नेपालले आज इरानसँग खेल्दैछ । खेल त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा बेलुका सवा ५ बजे शुरु हुनेछ ।

    त्यसअघि आजै दिउँसो तीन बजे श्रीलङ्का र माल्दिभ्स खेल्दैछन् । आजको खेलमा नेपालले इरानलाई सोझो सेट वा ३–१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।

    नेपाल दुई खेलमा पाँच अङ्कसहित दोस्रो स्थानमा छ । पहिलो खेलमा नेपालले श्रीलङ्कालाई हराएको थियो । सात अङ्कसहित शीर्ष स्थानमा रहेको भारतले यसअघि इरान र माल्दिभ्सलाई हराएको थियो ।

    नेपालले भोलि माल्दिभ्ससँग खेल्नेछ भने भारतले श्रीलङ्कासँग खेल्नेछ । हिजो भएको खेलमा भारतलाई ३–२ को सेटमा हराउँदै नेपालले ऐतिहासिक उपलब्धी हासिल गर्न सफल भयो ।

    यसअघि सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा नेपाल उपाधि नजिकै पुगे पनि अन्तिम सेटमा भारतसँग पराजित भएको थियो ।

    काभा महिला भलिबल च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान सहभागी छन् । लिग चरणको खेलपछि शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन् । अन्तिम हुने टोली बाहिरिनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend