Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर हामीले खोजिरहेको गुणस्तर पाउँदैनौं : शिक्षामन्त्री भट्टराई


२०, साउन २०८१
  • 168
    SHARES
  • शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर हामीले खोजिरहेको गुणस्तर पाउँदैनौं : शिक्षामन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर शिक्षामा गुणस्तरीयता पाउन नसकिने बताएकी छन् ।

    आज (आइतबार) कास्कीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाउने, दलका झोले हुन भन्नेलगायतका गतिविधिहरु रोकिनुपर्ने बताएकी हुन् ।

    शिक्षकहरुलाई लान्छना लगाउने भन्दा पनि कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताएकी हुन् ।

    उनले शिक्षा ऐन विचाराधीन अवस्थामा रहेको बताउँदै यो पारित भएपछि अहिले देखिएका सबै प्रकारको समस्याहरु विस्तारै समाधान हुँदै जाने बताईन् ।

    ‘शिक्षकहरुलाई अनावश्यक लान्छना लगाउने, यी झोले हुन् भन्ने, तिनीहरु बेठीक हुन् भन्ने, तर तिनै शिक्षकहरुले विद्यालय धान्नुपर्ने कुराबाट हामीले आज खोजिरेहको गुणस्तरीयता पाउँदैनौं । उहाँहरुलाई विद्यालयमा बस्नुपर्छ, विद्यालयमा काम गर्नुपर्छ भन्ने कुरामा कसरी समर्पित गराउने भन्ने चाहीँ विद्यालय शिक्षा ऐन आइसकेपछि त्यो ऐनलाई प्रभावकारी ढङ्गले लागू गर्न सक्दा यी कुराहरु हल हुँदै जान्छन्,’– उनले भनिन् ।

    साथै, उनले पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठतर्फ लक्षित गर्दै लोकप्रियतावादी विचारले मात्रै समाजमा नेतृत्व गर्न नसकिने बताईन् । आजको ब्यबहारिक कुरालाई अबमूल्यान गरेर सही ठाउँमा पुग्न नसकिने उनको भनाइ छ । मन्त्री भट्टराईले शिक्षा क्षेत्रको गुणस्तरीयता कायम गर्दै गएर विश्वास आर्जन गर्न सकेको खण्डमा विद्यार्थी पलायन रोक्न सकिने बताईन् । उनले पढिसकेका विद्यार्थीलाई रोजगारी दिनेगरी सरकार प्लानिङमा जानुपर्ने बताईन् ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend