गुल्मी । जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ को अवधिमा वार्षिक लक्ष्य गरेभन्दा बढी मुद्दा फछ्र्यौट गरेको छ ।
जिल्ला अदालत गुल्मीले शुक्रवार जारी गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८० भदौदेखी २०८१ असार मसान्तसम्मको लक्ष्य ४ सय ५४ रहेकोमा ४ सय ८० थान अर्थात २६ थान १०५ दशमलव ७२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो ।
विगत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका मुद्दाको संख्या १ सय ३६ थान र नयाँ मुद्दा ५ सय ३८ थान दर्ता हुन आई जम्मा ६ सय ७४ थान मुद्धाको लगत रहेकोमा गत वर्ष जिम्मेवार सरी आएका १ सय ३१ थान र अहिले दर्ता भएका मुद्दा मध्ये ३ सय ४९ थान मुद्दा फस्र्यौट भएको र १ सय ९४ थान मुद्दा भने फछ्र्यौट हुन बाँकी रहेको जानकारी गुल्मी जिल्ला अदालतका श्रेस्तेदार सुदर्शन खनालले दिनुभयो ।
गत आर्थिक बर्षमा सबैभन्दा बढी मुद्दाको लगत ३ सय ८३ रहेको र ३ सय १० थान मुद्दा फछ्र्यौट हुन गई ७३ थान मुद्दा बाँकी रहेको अदालतका श्रेस्तेदार खनालले बताउनुभयो । त्यसैगरी पुरुषवादी भएका सम्बन्ध विच्छेद्का मुद्दा ६५ थान रहेकोमा ४३ थान मुद्दा फस्र्यौट भई २२ थान मुद्दा चालु अवस्थामा रहेका छन् ।
महिलावादी भएका सम्बन्ध विच्छेदका मुद्दा ३ सय १८ थान रहेकोमा २ सय ६७ थान मुद्दा फछ्र्यौट भई ५१ थान मुद्दा चालु अवस्थामा रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिनुभएको छ । जवरजस्ती करणी, हाड्नाताकरणी सम्बन्धी मुद्दा १८ थान रहेकोमा ८ थान मुद्दा फछ्र्यौट भई १० थान मुद्दा चालु अवस्थामा रहेका छन् ।
विशेष प्रकृतिका निवेदन अन्तर्गत मृत्युको न्यायिक घोषणा सम्बन्धी ३० थान लगत रहेकोमा २१ थान फछ्र्यौट भई ९ थान बाँकी रहेका छन् । दर्ताद्वारा विवाह ११ थान दर्ता भएकोमा ११ वटा नै फछ्र्यौट भएका छन् । अधिकृत वारेसनामा ४ थान दर्ता भई सबै फछ्यौट भएका छन् ।
थुनुवा मुद्दाको संख्या ५४ थान रहेकोमा ३८ थान फछ्र्यौट भई १६ थान मुद्दा बाँकी रहेका छन् । अभियोग पत्र दायर भई वयान तथा थुनछेक, म्याद थप, पक्राउ पुर्जि अनुमति लगायतका निवेदन दैनिक रुपमा ईजलास समक्ष पेस भई कार्य हुँदै आएको जिल्ला अदालत गुल्मीद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।