Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार


इ खबर
२१, साउन २०८१
  • 133
    SHARES
  • काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार

    काठमाण्डौ – काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार बेहोरेको छ । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो ।

    नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो ।  तेस्रो सेटमा इरानले २५–२३ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।  पाँचौ सेटमा फेरि इरानले १५–१३ ले जित्दै नेपाललाई हराएको थियो ।

    इरानले ४ खेलबाट ७ अङ्क बनाउँदा नेपालले ३ खेलबाट ६ अङ्क बनाएको छ । भारतसँग ७, श्रीलङ्कासँग ४ र माल्दिभ्स अङ्क विहिन छ । हिजो भएको पहिलो खेलमा माल्दिभ्स श्रीलङ्कासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो ।

    नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । लिग चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज श्रीलङ्का र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend