रुद्रमणि भुसाल, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेब गाउँपालिकामा आर्थिक वर्ष २०८०।८१ मा सम्पादन भएका समग्र योजनाहरुको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले आगामी दिनमा सतप्रतिशत प्रगति ल्याउने गरि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष श्रेष्ठले हरेक चुनौती हुदै पनि कम बिद्याथी सख्या हुने बिद्यालयहरुको तहमिलान ,शिक्षक दरबन्दि समायोजना ,गर्भबति महिलाको गाउँमै पुगेर अल्टरसाउड गराउने ,५ सय ७२ घरधुरीमा खानेपानीका धारा जडान ,बिद्यालय र मठमन्दिरको निर्माण ,कृषकहरुले उत्पादन गरेको दुधमा प्रतिलिटर ३ रुपैया अनुदान , कृषकहरुले उत्पादन गरेको तरकारीहरु खरिद गरि सहकारीमार्फत बिक्री गरिदिने ब्यवस्था गरेको जस्ता महत्वपुर्ण काम गर्न सफल भएको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले चालु र पुजीगत गरी कुल ५७ करोड ८१ लाख बजेटमा ४८ करोड ४४ लाख ४ १ हजार बजेट खर्च गरि ८४.१६ प्रतिशत प्रगति भएको जानकारी दिनुभयो ।
अधिकृत पाण्डेले गाउँपालिकामा स्वीकृत दरबन्दि अनुसार कर्मचारी नहुनु, ससाना योजना हुदा अनुगमन गर्न समस्या हुनु , समयमै उपभोक्ता समिति गठन नहुनु ,बजारको पहुच टाढा हुदा स्थानीय कृषकहरुको उत्पादन सहज रुपमा बजारीकरण गर्न समस्या हुने गरेको छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनि पन्थी, नेपाली कांग्रेसका छत्रदेबका सभापति प्रकाशराज पन्थि, नेकपा एमालेका रुपा प्रधान, नेकपा माओबादी केन्द्रका रामलाल पराजुली ,नेपाल समाजबादी दलको असरदिन मिया , नेपाल पत्रकार महासघका उपाध्यक्ष बिरेन्द्र केसी , लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेको संचालन सम्पन्न भएको हो । समिक्षा कार्यक्रममा वडाअध्यक्षहरु ,कार्यपालिका सदस्य,बिषयगत शाखाका प्रमुख, तथा सबै कर्मचारी पालिका भित्रका माध्यमिक र उच्चमाबिका प्रं.अहरु, सचारकर्मी लगायतको सहभागिता रहेको थियो ।