Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सामाजिक सेवामा लियोको उत्तरदायित्व वहन


२२, साउन २०८१
  • 513
    SHARES
  • सामाजिक सेवामा लियोको उत्तरदायित्व वहन

    बुटवल । समाजमा रहेका नकारात्मक तत्वहरुलाई न्युनिकरण गर्न लियो क्लवको उत्तरदायित्व बहन निकै महत्वपूर्ण रहेको आवश्यक्ता औंल्याउँदै लियो क्लब अफ बुटवल मणिमुकुन्द युथका संस्थापक उपाध्यक्ष भरतजंग क्षेत्रीले बताएका छन् ।

    आफु बिगत ७ वर्षदेखि सामाजिक कार्यमा लागेको र समाज परिवर्तन गर्नका निम्ति क्लवको माध्यमबाट योगदान दिन खोजेको भन्दै सामाजिक र मानवीय कार्य गर्न पाउँदा आनन्द आउने बताए ।

    सोमबार लियो क्लब अफ बुटवल मणिमुकुन्द युथले बुटवल उपमहानगरपालिका वडा न १५ स्थित रहेको सु्द्धोधन इंगिलस बोडिङ्ग स्कुलमा आयोजना गरेको रक्त समुह परिक्षण कार्यक्रम बोल्दै क्षेत्रीले यस्तो बताएका हुन् । 

    रुपन्देहीको तराई क्षेत्रमा अझै शिक्षाको पहुँच र जनचेतनाको कमि भएकाले आफ्नो ब्लड ग्रुप कुन हो भनेर थाहाँसमेत नपाएको हुँदा रगत व्यवस्थापनमा समस्या हुने भएकाले रक्तसमुह पहिचान कार्यक्रम राखिएको क्लवका अध्यक्ष लियो रविन सुनारले बताए ।

    उनले रक्तसमुह पहिचान नहुँदा आपतकालिन अवस्थामा रक्तदान गर्ने दाताहरु नै सेवा गर्नबाट बञ्चित हुनु परेकाले आफुहरु पहिचान गर्ने कार्यक्रम राखिएको सुनाए ।  

    मानवीय उत्तरदायित्व बहन गर्दै आफुले प्राथमिक शिक्षा आर्जन गरेको विद्यालयमा उक्त कार्यक्रम राखेर विद्याथीहरुको रगतको ग्रुप जाँच गरिएको बताईएको छ ।

    कार्यक्रममा बोल्दै आफुले कखरा पढेको विद्यालयलाई सम्झेर विद्यार्थीहरुको रक्त समुह परिक्षण कार्यक्रम आयोजना गरेको भन्दै विद्यालयका प्राचार्य विशाल चौधरीले बताए ।

    कार्यक्रममा बोल्दै लियो क्लब अफ बुटवल खस्यौलीका अध्यक्ष केशव खनालले संस्थाका हरेक गतिविधि संग नजिकिएर उत्कृष्ट कार्यहरु उदाहरणीय रहेको हुनाले सबै मिलेर निरन्तरता दिनुपर्नेमा जोड दिए ।

    कार्यक्रम संयोजक लियो अभिनास पल्ली मगरले गरेका थिए भने क्लबका सचिब सुरेश पोख्रेलको सञ्चालनमा गरेका थिए ।

    Messenger_creation_e5c34b11-243e-4355-a803-4d5db34fcd7e.jpeg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend