Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा पहिरोले दुई घर पुरिदा ४ जनाको मृत्यू 


२३, साउन २०८१
  • 285
    SHARES
  • गुल्मीमा पहिरोले दुई घर पुरिदा ४ जनाको मृत्यू 

    गुल्मी । सोमवार रातीदेखि परेको अविरल बर्षाका कारण गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर -१ बिसौनीमा  पहिरोले दुई घर पुरिदा ४ जनाको मृत्यू भएको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले दिनु भएको जानकारी अनुसार घर माथिबाट खसेको पहिरोले मुसिकोट नगरपालिका-१ बिसौनी बस्ने बिष्णु बहादुर बि.क. र सोही स्थान बस्ने हुकुम बि.क.को ढुङ्गा माटोले बनेको घर पुरिदा ४ जनाको मृत्यु र २ जना घाइते भएका हुन ।

    पहिरोमा पुरिएर मुसिकोट वडा नम्बर १ बिसौनीका घर घनी ६७ बर्षका हुकुम बि.क.,सोहि स्थान बस्ने ४६ वर्षीया गोरे बि.क.,६६वर्षीया मसुरी बि.क.,साढे दुइ वर्षकी रियन्सी बि.क.रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

    उक्त पहिरोमा परि मुसिकोट नगरपालिका -१ निवासी ३१ वर्षीय बिष्णु बि.क. र २३ वर्षीय मुना बि.क. घाइते भएको र उनीहरुलाई उद्धारपछी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

    अहिले घटनास्थलमा पौदी अमराई प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक लखनलाल चौधरीको नेतृत्वमा खटिएको प्रहरी टोलि र स्थानीय बासिन्दाको सहयोगमा खोजी र उद्दारको कार्य भइरहेको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।

    यसैगरी सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका -१ सल्लाखार्क निवासी धनमाया पुनको घर र बंगालो पहिरोले पुरिदा गोठमा रहेका ६ वटा चौपाय मरेको पिडित परिवारले जानकारी दिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend