Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बंगलादेशको घटनाले विश्वलाई पाठ सिकाएको छ, विकास र समृद्धि रटेरमात्रै हुँदैन : डा.संग्रौला


२३, साउन २०८१
  • 154
    SHARES
  • बंगलादेशको घटनाले विश्वलाई पाठ सिकाएको छ, विकास र समृद्धि रटेरमात्रै हुँदैन : डा.संग्रौला

    काठमाडौं । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै नभएर विश्वलाई नै पाठ सिकाएको टिप्पणी गरेकी छन् ।

    आज (बुधबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जनतालाई दबाउने, बेथिति गर्ने र सुशासन नदिने हो भने विकास र समृद्धि रटेरमात्रै नहुने बताएकी हुन् । उनले बंगलादेशको घटनाबाट जनता, जनार्दनभन्दा ठूलो कोही छैन भन्ने सन्देश लिन आवश्यक रहेको बताईन् ।

    ‘बंगलादेशको घटनाले नेपाली कांग्रेसलाई मात्रै होईन, संसारलाई नै पाठ सिकाएको छ । हामीलाई पनि विशेष पाठ सिकाएको छ । समृद्धि र विकासमात्रै रटेर हुँदैन । जबसम्म जनता सन्तुष्ट हुँदैनन्, जनतालाई दवाउने, बेथिति गर्ने, सुशासन नदिने हो भने जनता, जनार्दनभन्दा ठूलो शक्ति केही छैन है भन्ने पाठ हामीले सिकेका छौं,’– उनले भनिन् ।

    साथै, आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्ने बताउँदै उनले बंगलादेशको घटनाबारे पनि छलफल हुने बताईन् । उनले आजको केन्द्रीय समिति बैठकमा महासमितिको बैठकबाट परिमार्जनसहित पारित भएको विभिन्न प्रस्तावहरुमाथि छलफल हुने बताईन् । त्यस्तै, देशको समसामयिक राजनीतिक घटनाबारे पनि छलफल गरिने उनको भनाइ छ ।

    ‘महासमिति बैठकमा नीति सम्बन्धी प्रस्ताव, सांगठनिक, समसामयिक र आर्थिक प्रस्ताव पेश भएको थियो । महासमितिका सदस्यले दिएको सुझावसहित यसमाथि छलफल छ । हाम्रो जतिपनि भातृ संघ/संस्था छन्, तिनको अधिवेशन हुन सकेको छैन । निर्देशक समिति बनाएर तिनलाई अधिवेशनतर्फ लैजाने भन्ने छ । अहिलेको समसामयिक राजनीतिलाई कसरी लैजाने भन्ने बारेमा पनि छलफल हुन्छ,’– उनले भनिन् ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend