Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रूपन्देही प्रशासन देशकै सर्वोत्कृष्ट कार्यालय घोषित


२३, साउन २०८१
  • 229
    SHARES
  • रूपन्देही प्रशासन देशकै सर्वोत्कृष्ट कार्यालय घोषित

    रुपन्देही । जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट कार्यालय घोषित भएको छ ।

    गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्य गरेकोले देशभरका ७७ जिल्लामा रुपन्देही प्रथम भएको हो ।

    गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०/०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको हो ।

    त्यसैगरी प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार ९७.७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७.६२५ अंक प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले क्रमशः ९७.५ ल्याएको छ भने पाँचौँमा मकवानपुर र पर्वतले ९७.३७५ अंक ल्याएका छन् । 

    पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा छैटौँमा गुल्मी प्रशासन आएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले ९७ अंक ल्याएको छ । त्यसैगरी सातौँमा तेह्रथुम, आठौँमा रोल्पा, नवौँमा सोलुखुम्बु र १० औँ नम्बरमा डडेलधुराले क्रमशः ९६.८७५, ९६.७५, ९६.५६२५ र ९६.४३७५ अंक ल्याएका छन् । 

    पहिलो अंक प्राप्त गर्ने रुपन्देही प्रशासनको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल रहेका छन् । व्यक्तिहरूले अतिक्रमण गरेका सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता, जिल्ला प्रशासन कार्यालयमा अडियो नोटिस बोर्ड लागू, सीमा क्षेत्रको सुरक्षा व्यवस्थापन प्रणालीलाई आधुनिकीकरण, भारतीय पर्यटकहरूलाई सहजीकरण गर्न सीमा क्षेत्रमा एकीकृत चेकजाँच बिन्दु सञ्चालन तथा साउदी अरबमा मृत्युदण्ड पाएका जनकपुरका रामाशिस यादवको जीवन रक्षाका लागि ब्लड मनी जुटाउनेसम्मका कार्यको नेतृत्व प्रजिअ अर्यालले गरेका थिए । 

    एउटै कम्पनीमा काम गर्ने दुर्गाप्रसाद शर्मासँग भएको विवादका क्रममा छुरी प्रहारबाट साथीको हत्या अभियोगमा साउदी अरबको अदालतले सन् २०१८ सेप्टेम्बर ६ तारिखमा यादवलाई दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय तोकेसँगै पाँच वर्ष कैद पूरा गरेपछि पीडित परिवारसित ‘ब्लड मनी’ सम्झौता गर्न र पीडित परिवारकासित सम्झौता नभएमा मृत्युदण्ड हुने उल्लेख गरेको थियो ।

    पीडकलाई कडा सजाय हुनुपर्ने भन्दै ब्लडमनीमा सम्झौता नगर्ने अडानमा रहेको पीडित परिवारलाई सम्झाई बुझाई सहमतीकालागि मनाउँदै रुपन्देहीका व्यवसायीको सहयोगमा ४६ लाख बढी रकम जुटाएर प्रजिअ अर्यालले जीवन रक्षा गरेको विषय देशव्यापी रूपमा चर्चा पाएको थियो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend