Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

प्रधानमन्त्री ओलीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर


२३, साउन २०८१
  • 200
    SHARES
  • प्रधानमन्त्री ओलीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् ।

    चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् ।

    मङ्गलवार उपकुलपति प्रा.डा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् ।

    त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको बताए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए ।

    साउन १५ गते त्रिविको सिनेट बसेको थियो । उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाएर ओली नीति तथा कार्यक्रममा छलफल नै नगरि निस्किएका थिए ।

    आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो ।

    सिनेट बैठकबारे बाहिर गलत हल्ला फैलाइएको उनको भनाइ छ । ‘सिनेटमा हाम्रो दुईवटा मात्रै एजेण्डा थिए । एउटा त्रिविको ६२ औँ ग्रेस लिष्ट पारित गर्ने । त्यसपछि नीति तथा कार्यक्रम बजेट पारित गर्ने । तर, गलत बुझाइका कारण गलत सन्देश गयो । बजेट र नीति तथा कार्यक्रम उस्तै हो । त्यो पास नहुने कुरै भएन,’ रजिष्ट्रार रिजालले भने ।

    विश्वविद्यालयका नियम, विनियम संशोधन लगायतका विषयमा छलफल अर्को बैठकबाट गर्ने भन्ने कुरा रहेको उनको भनाइ छ । तर, प्रधानमन्त्री र विश्वविद्यालयका पदाधिकारीहरूबिच दूरी कायम गराउने खालको दुष्प्रचार भएको बताए ।

    सिनेटबाट स्नातक, स्नातकोत्तर तह लगायतका विभिन्न तहका ७३ हजार ९ सय ९५ विद्यार्थीको ग्रेस लिष्ट पास भएको थियो । सिनेटमा प्रधानमन्त्री ओलीले उपकुलपति प्रा.डा बराललाई नीति तथा कार्यक्रम पेस गर्न खोज्दा रोकेका थिए ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend