Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल

दावाली मिलन क्लबलाई पराजित गर्दै एपिएफले विजयी


२३, असार २०८०
  • 105
    SHARES
  • दावाली मिलन क्लबलाई पराजित गर्दै एपिएफले विजयी

    काठमाडौं । सातौं संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा नेपाल एपिएफ क्लबले बिजयी सुरुवात गरेको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित  राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको खेलमा दावाली मिलन क्लबलाई सोझो सेटमा पराजित गर्दै एपिएफले विजयी सुरुवात गरेको हो ।

    खेलमा एपिएफले दावालीलाई २५–२२, २५–२३ र २५–२३ ले पराजित गरेको हो । त्यस्तै शनिबार नै पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशमाथि रोमान्चक जित हात पारेको छ । पुलिसले गण्डकीमाथि ३–२ को सेटमा जित हात पारेको हो । खेलमा पुलिसले २५–२१, २५–१६, १३–२५, २४–२६ र १५–१० को सेटमा जित हात पारेको हो ।

    त्यस्तै पुरुषतर्फको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले पनि सैलुङ बागडुङ्गा स्पोर्ट्स क्लबलाई सोझो सोटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । आर्मीले सैलुङलाई २५–८, २५–१३ र २५–१७ ले पराजित गरेको हो ।

    यस्तै प्रतियोगीतामा महिलातर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ ले पराजित गरेको हो । प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम सहभागी छन् भने पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिम सहभागी छन् ।  

    प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने आयोजक नेपाल भलिबल संघले जनाएको छ । प्रतियोगिता असार ३० गतेसम्म चल्नेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend