Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणामूलक तालिम


२९, साउन २०८१
  • 207
    SHARES
  • पामिर एकेडेमीका विद्यार्थीलाई उत्प्रेरणामूलक तालिम

    तिलोत्तमा । पामिर इन्टरनेशनल एकेडेमी तिलोत्तमा–२ जानकीनगरले विद्यार्थीलाई उत्प्रेरणामूलक ताालिम दिएको छ ।

    कक्षा ७, ८, ९ र १० का विद्यार्थीलाई विद्यार्थीमा देखिने मनोवैज्ञानिक अवस्थालाई सहज रुपमा आत्मसात गरेर जीवनलाई कसरी सफलता उन्मुख बनाउन सकिन्छ र खुसी जीवनयापन गर्न सकिन्छ भन्ने विषयमा उत्प्रेरणामूलम तालिम दिइएको हो ।

    कार्यक्रममा प्रशिक्षक मनिषदेव मिश्रले व्यक्तित्व विकास, नेतृत्व विकास र जीवनमा सफलता प्राप्त गर्नका लागि गर्नुपर्ने कार्यहरुलाई समेटेर उत्प्रेरणामूलक प्रशिक्षण दिएका थिए ।

    प्रशिक्षक मिश्रले सफल जीवनका लागि शिक्षा र सफलताका लागि लक्ष्य निर्धारण आवश्यक रहेको बताएका थिए ।

    विद्यालयका प्राचार्य गोपाल गौतमले विषयगत ज्ञानका अलावा विद्यार्थीलाई अन्य विषयमा पनि प्रशिक्षण आवश्यक हुने भएकाले विद्यालयले विभिन्न समयमा अतिरिक्त कार्यक्रमहरु गर्दै आएको जानकारी दिए ।

    विद्यार्थीलाई सही समयमा सही निर्णय गर्न उत्प्रेरणमूलक तालिमले सहयोग पुर्‍याउने उनको भनाइ थियो । उनले विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता उत्प्रेरणामूलक तालिम आवश्यक हुने बताए । 

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend