रुद्रमणि भुसाल, अर्घाखाँची । परियार सेवा समाजका केन्द्रिय संयोजक डिबी परियारले बहुप्रतिभा भएका परियार जातीको हक र हितको लागि तीनै तहको सरकारसंग समन्वयसगै निरन्तर वकालत गरिरहेको बताउनुभएको छ ।
अर्घाखाँचीको ५ औं जिल्ला अधिवेशनको उदघाटन सत्रमा मन्तब्य राख्दै परियालले केन्द्रिय अधिबेशन सम्पन्न गर्नको लागि जिल्ला अधिबेसनलाई अभियानको रुपमा अगाडी बढाएको बताउनुभयो ।
उहाँले संबिधानमा उल्लेखित भएका अधिकारहरु कार्यान्वयन गर्न सबै दलित समुदाय एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो ।
परियार समाजको ५ औँ जिल्ला अधिबेशनको उद्घाटन सत्रमा पुर्ब केन्द्रिय उपाध्यक्ष खड्क दर्नाल , लुम्बिनी प्रशेश संयोजक कृष्ण रणपाल, पुर्ब महासचिब अन्जन परियार,केन्द्रिय सदस्यहरु राम बहादुर परियार, बिष्णु परियार, परियार समाजका अगुवा प्रदिप परियार, पुर्व जनप्रतिनिधि आशा परियार, नेपाल पत्रकार महासघंका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल, रेडियो समन्वय बिभागका केन्द्रिय सदस्य श्याम घिमिरे, इन्सेब प्रतिनिधि कुल बहादुर नेपाली, दलित नेता दिनेश सुनार, जनजाति महासघं जिल्ला उपाध्यक्ष कृष्ण बहादुर सारु, परियार समाजका सचिब जङ्गबहादुर परियार लगायतले मनतब्य राख्नुभएको थियो ।
कार्यक्रम परियार सेवा समाजका जिल्ला अध्यक्ष मणिराम परियारको अध्यक्षता र पत्रकार सागर परियारको संचालनमा सम्पन्न भएको हो ।
परियार समाजको उद्घाटन पुर्व सन्धिखर्क, चुत्राबेशी बजार एरियामा बाजागाजा सहित र्याली समेत निकालिएको थियो ।परियार समाजको ५ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।