Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक


३०, साउन २०८१
  • 167
    SHARES
  • दुर्घटनाको जोखिममा राजमार्ग क्षेत्रका नागरिक

    बाँके । जिल्लाको राप्ती सोनारी गाउँपालिका–९ ढकेरीस्थित झिझरी खोला नजिक गत बिहीबार स्कुल बसको ठक्करबाट एकजना पैदलयात्रीसहित १३ खसी बाख्राको मृत्यु भएको थियो ।

    पूर्व–पश्चिम राजमार्गमा कोहलपुरको चप्परगौडीस्थित ज्ञानकुञ्ज लिटिल बोर्डिङ स्कुलको बसले स्थानीय २६ वर्षीय गोविन्द ओलीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही क्षेत्रमा गतवर्ष यात्रुबाहक बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको थियो ।

    विभिन्न समयमा हुने यस्ता दुर्घटनाबाट राजमार्ग क्षेत्रका सर्वसाधारणले बर्सेनि ठूलो जनधनको क्षति व्यहोर्दै आएका छन् । पशुपालक किसान सडक दुर्घटनाको जोखिममा पर्दै आएको राप्ती सोनारी–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । गाईवस्तुलाई जङ्गल लैजाने र घर फर्काउने क्रममा राजमार्गमा तीव्र गतिमा गुड्ने सवारीसाधनले ठक्कर दिँदा दुर्घटना हुने गरेको उनको भनाइ छ ।

    बाँकेमा गत आर्थिक वर्षमा दुर्घटनामा परी १२ पशुचौपायाको ज्यान गएको र तीन पशुचौपाया घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए । जिल्लामा भएका अधिकांश सवारी दुर्घटना चालक र सडक प्रयोगकर्ताको लापरबाहीका कारण हुने गरेको उनले बताए ।

    “सवारी दुर्घटना भएकामध्ये अधिकांश लापरबाहीका कारण भएका छन् । चालकको लापरबाही प्रमुख कारण हो भने केही दुर्घटना सडक प्रयोगकर्ताले सावधानी नअपनाउँदा भएका छन्”, प्रहरी प्रहरी निरीक्षक सुवेदीले भने, “सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जहाँ पायो त्यहीँबाट बाटो काट्दा दुर्घटना भई ज्यान जाने गरेको छ ।”

    गत आवमा एक सय ५८ वटा सवारी दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । सडक दुर्घटनामा दुई सय १२ नागरिक घाइते भएका प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले बेलाबेलामा राडर गनसहितको जाँच गर्नुका साथै सचेतनाका कार्यक्रम गर्दै आएको उनले बताए ।

    राप्ती सोनारी–९ ढकेरीका नागरिक अगुवा विश्वराज खनालले राजमार्ग क्षेत्रमा हुने सडक दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न सवारी चालकसँगै आम नागरिकलाई सचेत गराउनुपर्नेमा जोड दिए ।

    “ट्राफिक प्रहरी र यातायात व्यवसायीले मात्र चाहेर सवारी दुर्घटना न्यूनीकरण गर्न सम्भव हुदैन”, उनले भने, “जनचेतना जनाउने, ट्राफिक निमय सिक्ने/सिकाउनेलगायत कार्यमा सर्वसाधारण तथा नागरिक समाजको पनि भूमिका महत्वपूर्ण रहन्छ ।”

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend