Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल


३०, साउन २०८१
  • 136
    SHARES
  • दुधको गुणस्तर सुधारबारे बुटवलमा छलफल

    बुटवल । बुटवलमा बिक्री भइरहेको दुधको गुणस्तर बढाउन बुटवल उपमहानगरपालिकाले सरोकारवालासँग छलफल गरेको छ ।

    बुधबार बुटवलभित्र दुध तथा दुधजन्य पदार्थ बिक्री वितरण गर्ने सप्लायर्स र डेरी व्यवसायीहरुका बीचमा छलफल भएको हो ।

    यही साउन १४ र २४ गते दुधको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देही पठाएपछि प्राप्त नतिजाबारे छलफल गरिएको उपप्रमुख सावित्रादेवी अर्यालले बताइन् ।

    उनले बुटवलमा बिक्री हुने दुधको गुणस्तरमा केही समस्या देखिएकाले समाधान तर्फ चासो दिन व्यवसायीहरुलाई आग्रह गरिन् ।

    कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, अनुगमन महाशाखा प्रमुख तुल्सा अर्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीका खाद्य निरीक्षक दीपक कुमार यादव, डेरी व्यवसायी महासंघका केन्द्रीय अध्यक्षलगायतले बोल्दै दुधको गुणस्तर बढाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताएका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend