Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेआजपम फोनिज रूपन्देहीले २५ औं स्थापना दिवस अर्थात् रजत वर्ष मनायो


३०, साउन २०८१
  • 169
    SHARES
  • नेआजपम फोनिज रूपन्देहीले २५ औं स्थापना दिवस अर्थात् रजत वर्ष मनायो

    नवीन राना, बुटवल । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देही शाखाले २५ औं स्थापना दिवस अर्थात् रजत वर्ष मनाएको छ ।

    फोनिज रुपन्देही शाखाले आइतबार एक कार्यक्रमको आयोजना गरि रजत वर्ष मनाएको हो । 

    कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले जातिय भाषिक र सांस्कृतिक पहिचानको संरक्षणका लागि प्रतिबद्द रहेको बताउनुभयो ।

    सेवा प्रदान गर्ने क्रममा पालिकाले जातिय, दलिय तथा वर्गका आधारमा कसैलाई पनि विभेद नगरिएको र विभेद गर्न नहुनेमा जोड दिनुभयो । 

    कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि नेपाली भाषाको अलवा अन्य ३ भाषा नेवारी नेपाल भाषा, मगर भाषा र थारू भाषामा नागरिक बडापत्र सञ्चालन गरिएको बताउनुभयो ।

    अन्य छुटेका केहि भाषाका बडा पत्र समेत आवश्यकता अनुसार थप्ने नगर प्रमुख पाण्डेको भनाई थियो । 

    त्यस्तै नगर प्रमुख पाण्डेले पत्रकारहरुले तथ्यमा आधारित रहेर समाचार प्रकाशन, प्रशारणमा गर्नुपर्ने जोड दिनुभयो । तथ्य विनाका सामाग्री विश्वशनीय नहुने र त्यसले गलत सूचना प्रवाह हुने भएकोले यसमा सजक हुन समेत आग्रह अगर्नुभयो। 

    कार्यक्रममा फोनिजका केन्द्रिय उपाध्यक्ष सरु राना, फोनिज प्रदेश इन्चार्ज मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले बोल्दै श्रमजिवी पत्रकारहरुको हकहितका लागि फोनिजसँगै पत्रकारसम्बद्ध अन्य संघसंस्थाले एकजुट भएर सरोकार निकाय समक्ष आवाज उठाउन भूमिका खेल्नुपर्ने बताउँनुभयो । 

    रजत वर्षको अवसरमा देव बहादुर पाटा स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार विगत लामो समयदेखि पत्रकारिता पेशमा आबद्द रहेका यम बगादुर गाहा मिलन लाई प्रदान गरिएको छ ।

    पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रहेको फोनिज रुपन्देहीले जनाएको छ । रजत महोत्सवको अवसरमा फोनिज स्मारिका समेत बिमोचन गरिएको थियो । 

    कार्यक्रम फोनिज रुपन्देहीका अध्यक्ष सनु थापा मगरको अध्यक्षता, कोषाध्यक्ष मिन बहुदर रानाको स्वागत र सचिव राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।

    सन् १९९९ मा नेपाल आदिवासी जनजाति पत्रकार संघ अनिजको नाममा दर्ता भई आदिवासी जनजाति पत्रकारको साझा संस्थाको रुपमा रहेर सन् २०१५ मा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको रुपमा दर्ता भई देशभर क्रियाशिल रहेको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend