Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित


३२, साउन २०८१
  • 149
    SHARES
  • आईसीसी लिग-२ : रोचक खेलमा नेदरल्याण्ड्ससँग अमेरिका १९ रनले पराजित

    काठमाडौं – आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोगेको हो।

    २३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो।

    सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।

    नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।

    अमेरिकाको लागि मिलिन्द कुमारले सर्वाधिक ६९ रन बनाए। उसका लागि स्मित पटेल ३८, आरोन जोन्स ४७, शयान जहाजिँगर २० र शाल्डी भान २१ रनमा आउट भए।

    नेदरल्यान्ड्सका भिभियन किंग्मा तीन, अर्यान दत्त, पाउल भान मिर्केन र शरिज अहमदले दुईदुई विकेट लिए।

    ८ टोली सहभागी लिग-२ आगामी २०२७ सम्म चल्नेछ। शीर्ष चार टोली सोझै विश्वकप छनोटमा पुग्नेछन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend