Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

कर्मचारी युनियन अर्घाखाँचीले गर्‍यो नरपानीमा सरसफाइ


२, भदौ २०८१
  • 241
    SHARES
  • कर्मचारी युनियन अर्घाखाँचीले गर्‍यो नरपानीमा सरसफाइ

    अर्घाखाँची । नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले पश्चिम नेपालको प्रसिद्ध धार्मिक स्थल सुपादेउराली मन्दिर नजिकैको पर्यटकीय स्थल नरपानीमा सरसफाइ गरेको छ ।

    सुपादेउराली मन्दिरको दर्शन गर्न आउनेहरूको रोजाइमा नरपानी पर्ने भएकाले उक्त स्थल सफा राख्न सरसफाइ गरिएको युनियनले जनाएको छ । करिब एक सय जना कर्मचारी तथा अन्य अतिथिहरूको उपस्थितिमा शनिवार सरसफाइ गरिएको हो ।

    सरसफाइमा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थी, रुपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे, सिबिए अर्घाखाँचीका अध्यक्ष कृष्ण वर्मा लगायत युनियनकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

    हरेक वर्ष युनियनले नरपानीमा सरसफाइ गर्ने गर्दछ । सेवा प्रवाह, कर्मचारी हक, हितका साथै सामाजिक उत्तरदायित्व वहन गर्न अग्रसर युनियन अर्घाखाँचीले सकारात्मक र रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको अध्यक्ष वर्माले बताए ।

    युनियनले सरसफाइमा सहयोग गर्ने कर्मचारीहरूलगायत सन्धिखर्क नगरपालिका, पालिकाको वडा नं. ६ र ७ का वडाध्यक्ष, सामुदायिक वन, नरपानी संरक्षण समितिका पदाधिकारीलाई धन्यवाद व्यक्त गरेको थियो । कार्यक्रम सचिव रमेश न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend