Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व संकलन


२, भदौ २०८१
  • 313
    SHARES
  • सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व संकलन

    गुल्मी । जिल्ला ट्राफिक कार्यालय गुल्मीले सवारी कारबाहीबाट ५१ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।

    आर्थिक वर्ष २०८०/२०८१ को अवधिमा गुल्मी जिल्लामा ट्राफिक नियम उलंघन गरेका बस, जिप, कार, ट्याक्टर, ट्रक, मोटरसाइकल लगायतका आठ हजार २ सय ६७ सवारीसाधन कारबाहीबाट ५१ लाख २५ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

    ट्राफिक नियम उलङ्घन गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, सवारी चालक अनुमतिपत्र नलिई सवारी साधन चलाउने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालक र विभिन्न सवारी साधन कारबाहीमा परेका जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माले बताउनुभयो ।

    प्रहरी नायव निरीक्षक ज्ञानेन्द्र शर्माका अनुसार अघिल्लो आर्थिक वर्ष ट्रक ८ सय ४८, बस ५ सय ८, जिप/कार तीन हजार ७ सय ३, ट्याक्टर ३ सय ८३,मोटरसाईकल दुई हजार ८ सय २१ कारबाहीमा परेका हुन् ।

    यस जिल्लामा आर्थिक वर्ष २०७९/२०८० को अवधिमा दश हजार ९७ सवारी साधन कारबाहीबाट ६३ लाख १४ हजार रुपैया र २०७८/२०७९ को अवधिमा नौ हजार ६ सय ६४ सवारी साधन कारबाहीबाट ५७ लाख ५७ हजार ५ सय रुपियाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जानकारी दिएको छ । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend