काठमाडौँ । बुटवलको बेलबासमा तीन सवारी साधन एक आपसमा ठोक्किँदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवल अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा ती महिलाको मृत्यु भएको थियो ।
अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षीय शुष्मा श्रेष्ठ मृत्यु भएको हो ।
श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन् ।
उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने ठक्कर दिएर फरार रहेका मोटर साइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।