Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

श्रीलंकामा हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाउने नेपाली क्रिकेट टीमलाई विदाई


२५, असार २०८०
  • 107
    SHARES
  • श्रीलंकामा  हुने  इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाउने  नेपाली  क्रिकेट टीमलाई विदाई

    काठमाडौं । जुलाई १३ देखि श्रीलंकामा सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा सहभागीता जनाउने नेपाली राष्ट्रिय क्रिकेट टीमको विदाई गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच खेलकुल मन्त्री डिग बहादुर लिम्वु लगाएत क्यानका पदाधिकारीले नेपाली टोलीलाई विदाई गरेका हुन् । प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ ।

    नेपालको समूहमा युएई, पाकिस्तान ए र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान छन् । विदाई कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहितकुमार पौडेलले इमर्जिङ कपलाई निकै महत्वका साथ हेरेको भन्दै जीतको लक्ष्यका साथ खेल्ने बताए । उनले खेलाडीहरुलाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने र फुटबलमा भएजस्तो खेलाडी पलायनलाई रोक्नुपर्नेमा जोड दिए । 

    त्यस्तै राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले पछिल्लो समय नेपाली टिमले धेरै अनुभव हासिल गरेको र इमर्जिङ कपमा राम्रो नजिता निकाल्ने बताए । नेपालले १४ जुलाईमा पहिलो खेल पाकिस्तान ए सँग खेल्नेछ । नेपालले दोस्रो खेलमा १७ जुलाईमा भारत ए को सामना गर्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले १९ जुलाईमा युएईसँग खेल्नेछ ।  २१ जुलाईमा प्रतियोगिताको सेमिफाइनल खेल रहेको छ । फाइनल २२ जुलाईमा हुने तय भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend