Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

त्रिविको सुरक्षा व्यवस्थापछि कार्यालयमा पुगे पदाधिकारी


५, भदौ २०८१
  • 213
    SHARES
  • त्रिविको सुरक्षा व्यवस्थापछि कार्यालयमा पुगे पदाधिकारी

    काठमाडौँ । प्रहरीको उपस्थितिमा बुधबार त्रिभुवन विश्वविद्यालयका रेक्टर र रजिस्ट्रार कीर्तिपुरस्थित आफ्नो कार्यालयमा पुगेका छन् । उनीहरू कार्यालय प्रवेश गर्नुअघि कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो ।

    रजिस्ट्रार कार्यालयका एक कर्मचारीका अनुसार मूल गेटमा १० जनाभन्दा बढी प्रहरी बसिरहेका छन् । सुरक्षाको कारण देखाउँदै गत आइतबारदेखि रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाल कार्यालय गएका थिएनन् ।

    उपकुलपति केशरजंग बराल डेंगी संक्रमण भएको कारण बुधबार पनि कार्यालय गएका छैनन् । केसी र रिजालले कार्यकक्षमा पुगेर दैनिक काम गर्न थालेको उनीहरूको सचिवालयका कर्मचारीले बताए ।

    रजिस्ट्रार रिजालले गत शुक्रबार शिक्षा मन्त्रालयलाई पत्राचार गर्दै विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका थिए ।

    उक्त पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालयमा समेत पठाइएको थियो । शिक्षामन्त्री विद्या भट्टराईले सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखकसँग कुरा भएको बताएकी थिइन् ।

    तर उनले बुधबार बिहान त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृह मन्त्रीसँग माग गरेकी थिइन् । सुरक्षाका लागि सार्वजनिक अपिल गर्नुपर्ने भएकाले सामाजिक सञ्जालमा लेखेको समेत उनले प्रतिक्रिया दिएकी छिन् ।

    पदाधिकारीलाई धम्की दिने नेविसंघका पूर्वकार्यकर्ता तथा काँग्रेस महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलको सम्बन्ध गृह मन्त्रीसँग देखिएपछि शिक्षा मन्त्रीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएको हुनसक्ने आकलन शिक्षा मन्त्रालयका अधिकारीले गरेका छन् ।

    सुरक्षा माग गर्दै त्रिविले लेखेको पत्र गृह मन्त्रालयमा पठाए पनि गृहले कुनै पनि कदम नचालेको उनीहरूको भनाइ छ । त्रिविका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिटमा जिल्ला अदालतबाट दोषी ठहर रावलले पछिल्ला दिनमा गृह मन्त्री लेखकसँग भेटघाट गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि त्रिविका पदाधिकारी झन् त्रसित भएको प्राध्यापकहरूको भनाइ छ ।

    रावलले समाजशास्त्र विभागको प्रमुखमा सहप्राध्यापक टीकाराम गौतमलाई नियुक्त गर्न पदाधिकारीलाई धम्की दिएको आरोप छ । रावलले भने विधि, प्रक्रियाअनुसार नियुक्ति गर्न खबरदारी मात्रै गरेको प्रतिक्रिया दिएका छन् ।

    स्रोतका अनुसार रावलले रेक्टर केसीलाई धम्की दिएका थिए । वरिष्ठताका आधारमा सहप्राध्यापक पासाङ शेर्पालाई त्रिवि कार्यकारी परिषद्ले प्रमुख नियुक्त गर्ने तयारी छ ।

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend