Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन


७, भदौ २०८१
  • 236
    SHARES
  • गुल्मीमा ८६ प्रतिशत राजस्व सङ्कलन

    गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले गत आर्थिक वर्ष २०८०–८१ मा लक्ष्यको ८६ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

    करदाता सेवा कार्यालयले ४६ करोड ४४ लाख रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा ३९ करोड ८५ लाख ३३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको करदाता सेवा कार्यालय गुल्मीका प्रमुख कर अधिकृत सुरज बस्यालले जानकारी दिनुभयो ।

    कर अधिकृत बस्यालका अनुसार आयकरतर्फ २३ करोड ६ लाख ८० हजार रुपियाँ, भ्याटतर्फ १५ करोड ८३ लाख ९२ हजार रुपियाँ र अन्तःशुल्कतर्फ ९४ लाख ५८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो ।

    आर्थिक वर्ष २०७९–८० को तुलनामा गत वर्ष आठ दशमलव ५ प्रतिशत बढी राजस्व सङ्कलन भएको हो । गत वर्ष तीन करोड १२ लाख ९१ हजार रुपियाँले बढी राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

    दुई करोड रुपियाँभन्दा बढी भ्याट बक्यौता रहेकोमा करदाता सेवा कार्यालयले गतवर्ष एक करोड रुपियाँले सो भ्याट बक्यौता घटाएको छ । गुल्मीमा हालसम्म कुल १३ हजार २८७ करदाता दर्ता भएका छन् ।

    जसमा ११ हजार ४९५ करदाता छन् । हालसम्म तीन हजार करदाताले आयकर विवरण बुझाएका छैनन् । गत वर्ष ६८९ नयाँ करदाता दर्ता र ५७२ करदातालाई खारेजी गरिएको कर अधिकृत बस्यालले बताउनुभयो ।

    विशेषगरी आर्थिक मन्दी र बढ्दो बसाइँसराइका कारण व्यवसायी सञ्चालनमा समेत कमी आएको छ । करदातालाई करको दायरामा ल्याउने उद्देश्यले विभिन्न समयमा जिल्लाका विभिन्न १२ स्थानमा गरिएको करदाता शिक्षा कार्यक्रममा ७९३ जनाको सहभागिता रहेको करदाता सेवा कार्यालयका सूचना अधिकारी इन्दिरा नेपालले बताउनुभयो ।

    नियमित मासिक रुपमा बजार अनुगमनसँगै ननफाइलरको (विवरण नबुझाएका) सङ्ख्या कम गर्न पालिकागत तथा उद्योग वाणिज्य सङ्घको समन्वयमा सूचना प्रवाह गरिएको उहाँले बताउनुभयो ।

    जिल्लामा २०७७ सालमा करदाता सेवा कार्यालयको स्थापना भएसँगै कर तिर्नकै लागि व्यवसायीलाई पाल्पा जानुपर्ने बाध्यताको अन्त्य भएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो । यहाँ करदाता सेवा कार्यालय स्थापना हुँदा विशेषगरी सबै व्यवसायीहरु करको दायरामा आएको उहाँले बताउनुभयो ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend