Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल


१२, भदौ २०८१
  • 146
    SHARES
  • दशौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुनेमा अन्योल

    काठमाडौं - मंसिर २ देखि ९ मा कर्णालीको सुर्खेतमा हुने तय भएको १० औं राष्ट्रिय खेलकुद निर्धारित मितिमा हुनेमा अन्योल भएको छ । पूर्वतयारी सुस्त भएपछि प्रतियोगिता निर्धारित मितिमै हुनेमा शंका व्यक्त भएको हो ।

    मंगलबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले तोकिएकै मितिमा खेल हुने वा नहुने अन्योल भएको भन्दै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीसँग ग्यारेन्टी माग गरेको छ । तर मन्त्री चौधरीले तोकिएको समयमा प्रतियोगिता हुनेमा खेलाडीहरुलाई विश्वास दिलाउन सकेनन् ।

    मन्त्रीसँगको भेटपछि संघका अध्यक्ष दीपक श्रेष्ठले भने, ‘हामीले १० औं खेलकुदको मिति तय गर्न भनेका थियौं । मन्त्रीज्यूले व्यवस्थापकीय हिसाबले निर्धारित मितिभन्दा केही पछि सर्ने बताउनुभएको छ ।’

    कर्णाली प्रदेश खेलकुद परिषद सदस्य सचिव विश्वमित्र सञ्ज्याल भने निर्धारित मितिमा प्रतियोगिता गर्न सक्ने बताउँछन् । असोज मसान्तसम्म पूर्वाधार निर्माणको काम सक्ने भन्दै उनले भने, ‘पूर्वाधारको कारणले १० औं खेलकुदको मिति पछाडि सर्दैन ।’

    पूर्वाधार निर्माणमा अझै एकदेखि डेढ महिना लाग्ने देखिन्छ । हाल राखेपको इन्जिनियरिङ टिम सुर्खेतमा नै रहेको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ४ भदौमा सुर्खेत गएर पूर्वाधार निर्माण र व्यवस्थापकीय पक्षबारे जानकारी लिएका थिए । उनले राखेपको इन्जिनियरिङ टिमलाई २० भदौभित्र पूर्वाधार र व्यवस्थापकीय पक्षबारे मूल्यांकन गरेर जानकारी दिन भनेका छन् ।

    आवास व्यवस्थापनको चिन्ता

    १० औं राष्ट्रिय खेलकुदको कार्यविधि हालसम्म बनेको छैन । खेलाडीको पोशाकको टेण्डरसमेत भएको छैन । ‘अझै १० देखि १५ दिन कार्यविधि पास हुन लाग्न सक्छ त्यसपछि खेलाडी पोशाकको टेण्डर कम्तीमा पनि एक/डेढ महिना लाग्छ । दशैं–तिहार बिदा पनि आयो । त्यसले गर्दा केही पछि सर्न सक्छ’, राखेपका एक अधिकारीले भने ।

    त्यस्तै सुर्खेतमा खेलाडीहरुको आवास तथा बसाइ पनि चुनौतीपूर्ण रहेको अनुगमनका क्रममा मन्त्री चौधरीले बताएका थिए । ‘सुर्खेतमा बजार व्यवस्थापन र आवासको पनि समस्या हुन सक्छ भनेर मन्त्रीज्यू आफैंले भ्रमणको दौरान अनुभव गरेको बताउनुभएको थियो’, खेलाडी संघका अध्यक्ष श्रेष्ठले भने ।

    पूर्वाधार बाहेकका पक्षमा भने आफूहरुले जिम्मा लिन नसक्ने कर्णाली खेलकुद विकास परिषदका सदस्य सचिव सञ्ज्याल बताउँछन् । ‘पूर्वाधारबाहेक अन्य समस्याहरु निकाल्ने भए त निस्कन्छन् । तर त्यसमा हामीलाई जिम्मेवारी छैन । हामी पूर्वाधारको कारण भने १० औं राष्ट्रिय खेलकुद सर्न दिँदैनौं’, उनले भने ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend