Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

एपीएफ क्लब एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरियो


१३, भदौ २०८१
  • 146
    SHARES
  • एपीएफ क्लब एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरियो

    काठमाडौं - एपीएफ फुटबल क्लबको महिला टोली एएफसी वुमेन्स च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाट बाहिरिएको छ । घरेलु टोली मलेसियाको सबाह एफसीसँग हिजो गोलरहित बराबरी खेलेसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो । समूह चरणको दुई खेलमा गोलको खाता पनि नखोली एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो ।

    पहिलो खेलमा उज्वेकस्तानको नसाफ क्लबसँग १–० ले पराजित एपिएफ अङ्क तालिकाको पुछारमा रह्यो । समूह ‘सी’मा नसाफको ३ तथा सबाह र एपीएफको समान १ अङ्क छ । समूहको विजेता मात्र अघिल्लो चरणमा प्रवेश गर्ने नियम छ ।

    एपीएफ नेपालबाट अन्तर्राष्ट्रिय महिला क्लब फुटबल खेल्ने पहिलो टोली हो । एशियन फुटबल कन्फेडेरेसन (एएफसी) ले एशियामा महिला फुटबलको विकासका लागि पहिलो पटक वुमेन्स च्याम्पियन्स लिग गराउँदैछ । लिगमा २२ सदस्य राष्ट्रका क्लबहरुको सहभागिता रहनेछ । जसमा सन् २०२४ को फिफा वरियतामा टप आठमा परेका राष्ट्रका क्लबहरु समूह चरणका लागि सीधै छनोट भइसकेका छन् ।

    लिगमा जापान, चीन, इन्डोनेसिया, फिलिपिन्स, अस्ट्रेलिया लगायत देशका क्लबको सहभागिता रहनेछ । बाँकी १४ राष्ट्रले समूह चरणका लागि प्रारम्भिक चरण पार गर्नुपर्ने हुन्छ । प्रारम्भिक चरणमा रहेका १४ देशका क्लबहरुलाई ४ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता च्याम्पियन्सिपको समूह चरणका लागि छनोट हुनेछन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend