Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : परराष्ट्रमन्त्री डा.राणा


१३, भदौ २०८१
  • 280
    SHARES
  • देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको हो : परराष्ट्रमन्त्री डा.राणा

    सुदूरपश्चिम । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन वर्तमान सरकार गठन भएको बताएकी छिन् ।

    धनगढीस्थित आफ्नै निवासमा आज नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री राणाले बेथिति एवं सङ्कटको समाधान गरी देशलाई विकास र समृद्धिको मार्गमा डोर्‍याउन दुई ठूला प्रतिस्पर्धी पार्टी मिलेर सरकार गठन गर्नुगरेको स्पष्ट पारिन् । स्थायी सरकारमार्फत विकासको लक्ष्यमा पुग्ने सङ्कल्प लिएर वर्तमान सरकार गठन भएको उनले स्पष्ट पारिन् ।

    मन्त्री राणाले भनिन्, “दुई ठूला पार्टी मिलेर सरकार गठन गरेको भनेर कतिपयले अनौठो मानेका छन्, जब देशमा सङ्कट र बेथिति आउँछ, त्यतिबेला कांग्रेस र एमाले मिलेर सरकार गठन गरेर समस्या समाधान गरेको इतिहास छ ।” राज्य सञ्चालनका क्रममा देखिएको बेथितिको अन्त्य गरेर विकासका लागि गर्नुपर्ने काम अहिलेको सरकारले गर्दै जाने उनले प्रतिबद्धता व्यक्त गरिन् ।

    अस्थिरताकै कारण मुलुकमा सरकारले अपेक्षाअनुसारको काम गर्न नसकेको उल्लेख गर्दै मन्त्री राणाले सबै देशले नेपाललाई पर्याप्त सहयोग गर्न चाहेको बताइन् । कांग्रेस र एमालेको सरकार २०८४ सालसम्म नै टिक्ने उनको भनाइ थियो । मन्त्री राणाले भनिन्, “नेपालको संविधानको मूल मर्म र भावनालाई परिवर्तन नगरेर सरकारले संविधानको ‘रिभ्यू’ गर्नेछ ।”

    संविधान शान्तिको दस्तावेजका रुपमा लिइएकाले संविधानमा विविधता, समावेशिताजस्ता कुरामा परिवर्तन नहुने उनले बताइन् । आफ्नो हालैको भारत भ्रमणका क्रममा भारतसँग महाकाली नदीमाथि बैतडीको झुलाघाट नाकामा र डडेल्धुराको परशुराममा पक्की पुल निर्माण गर्नेबारे कुरा भएको जानकारी दिइन् ।

    उनले भनिन्, “धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला बनाउन भारतीय पक्ष सकारात्मक छ, भारतका परराष्ट्रमन्त्रीले पनि यसबारे बिसिसिआई (भारतीय क्रिकेट कन्ट्रोल बोर्ड) सित कुरा गर्नुभएको छ ।”

    गौरीफन्टा नाकाको स्तरोन्नति तथा टनकपुर बाँधबाट सिँचाइका लागि पानी छाड्ने विषयमा समेत भारतीय पक्षसँग छलफल भएको मन्त्री राणाले बताइन् । इजरायलमा बन्धक बनाइएका विपिन जोशीको रिहाइका लागि सरकारले गम्भीर रुपमा पहल गरिरहेको उनले बताइन् । गौरा पर्वका अवसरमा गौरा महेश्वरको पूजाअर्चनाका लागि परराष्ट्रमन्त्री राणा धनगढी आएकी हुन्।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend