Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न निर्मम हुनुपर्छ : शिक्षामन्त्री भट्टराई


१३, भदौ २०८१
  • 285
    SHARES
  • शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न निर्मम हुनुपर्छ : शिक्षामन्त्री भट्टराई

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् ।

    सांसद अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी हुन् ।

    ‘विश्वविद्यालयमा हुने हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, त्यसका लागि निर्मम ढंगबाट लागू गर्न कारबाही गर्न तयार हुनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।

    शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रमा ठुला वा साना कुनै पनि दलको हस्तक्षेप हुनु नहुने बताइन् । त्रिभुवन विश्वविद्यालयमा सिर्जना भएका समस्याहरू लामो समयदेखिको अव्यवस्थाको नतिजा रहेको समेत उनले बताइन् ।

    ‘यसलाई हामी सबैले स्विकार्नुपर्छ । यसलाई क्रमशः सुधार गर्नका लागि नीतिगत तथा व्यवस्थापकीय सुधारका कार्यहरू हुँदै गरेका छन् । आगामी दिनमा त्यस्ता कार्यलाई अझ प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ,’ उनले भनिन् ।  

     

  • काठमाण्डौ विश्वविद्यालयको उपकुलपतिमा डा.बराल नियुक्त

    काठमाण्डौ - काठमाण्डौ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा विवेक बराल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा

  • विदेशी सम्बन्धनको आवरणमा अर्बौँको शिक्षा व्यापार: शुल्कदेखि नियमनसम्म १२ गम्भीर सार्वजनिक प्रश्न

    खोजमूलक विशेष रिपोर्ट काठमाडौँ । नेपालमा विदेशी विश्वविद्यालयसँग सम्बन्धन (Affiliation) लिएर सञ्चालन भएका निजी कलेजहरूको विस्तारसँगै

  • लोक सेवाको परीक्षा तालिका संशोधन, कुन कहिले ?

    काठमाडौं । लोक सेवा आयोगले परीक्षाको मिति र समय संशोधन गरेको छ । मधेशका केही जिल्लामा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend