Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मा.वि स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुललाई


१८, भदौ २०८१
  • 167
    SHARES
  • मा.वि स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुललाई

    गुल्मी । गुल्मीमा स्थापित पुल्चोक स्पोटर्स क्लबको पाँचौ स्थापना दिवसको अवसर पारेर आयोजना गरेको अन्तर माध्यमिक विधालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधि रिडर्स पब्लिक हाइस्कुल तम्घास खानीगाउँले जितेको छ ।

    क्लवले आफ्नो पाँचौ वार्षिकोत्सबको अवसर पारेर आयोजना गरेको प्रतियोगितामा रिडर्स पब्लिक हाइस्कुलले सिद्धबाबा मावि तम्घासलाई १–० गोल अन्तरले पराजित गर्दै दोस्रोपटक उपाधि रक्षा गरेको हो ।

    फाइनल खेलमा उपाधि रक्षाका लागि खेल सुरु भएको दोस्रो हापको २४ मिनेटमा रिडर्सका छात्रा रन्सु बरालले गरेको गोल निर्णायक बनेको थियो ।

    क्लबले स्थापनाकालदेखि नै माध्यमिक विधालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको आयोजना गर्दै आएकोमा यस अघि २०७६,२०७७ र २०७९ को उपाधि लगातार सिद्धबाबा माध्यमिक विधालयले जितेको थियो ।

    सेमिफाइनल खेलमा महेन्द्र माविलाई पराजित गर्दै सिद्धबाबा मा.वि र लिटिल स्टार बोर्डिङ स्कुललाई पराजित गर्दै रिडर्स पब्लिक हाईस्कुल फाइनलमा प्रवेश गरेका थिए ।

    शनिबार भएको सेमिफाइनलबाट लिटिल स्टार इङ्गलिश बोर्डिङ् स्कुललाई ३-० गोलले पराजित गर्दै रिडर्स पब्लिक हाइस्कुल फाइनल खेलमा प्रवेश गरेको हो भने महेन्द्र नमुना माध्यमिक विद्यालयलाई १-० गोलले पराजित गर्दै सिद्धबाबा माध्यमिक विद्यालय फाइनल खेलमा प्रवेश गरेको थियो ।

    खेललाई बराबरीमा लैजानका सिद्धबाबा माध्यमिक विद्यालयका खेलाडीले अन्तिमसम्म आक्रामक खेल प्रदर्शन गरे पनि गोल गर्न सकेनन् । रिडर्स पब्लिक हाइ स्कुलले पाँचौं पुलचोक–२०८१ को उपाधिसँगै ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

    प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो उपाधि जितेको सिद्धबाबा माध्यमिक विद्यालयलाइ उपविजेता बनेर २२ हजार २सय २२ रुपियाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र सहित रेसुंगा नगरपालिकाका उपप्रमुख अमृतादेवी कुँवरले सम्मान गर्नुभएको थियो ।

    प्रतियोगितामा प्लेयर अफ दी म्याच रिडर्स पब्लिक हाइस्कुलका रन्सु बराल,सोही विद्यालयका सोनिया भुजेल उत्कृष्ट डिफेन्डर, बेविसा सोमै उत्कृष्ट गोल रक्षक,जेनिसा बराल सर्वाधिक गोलकर्ता र कल्याण भुजेल उत्कृष्ट कोचको रुपमा पुरस्कृत बन्नुभयो ।

    यसैगरी सिद्धबाबा माध्यमिक विद्यालयका छात्रा केशरी पुन इमरजिङ प्लेयर,सोही विद्यालयका प्रतीक्षा घर्ती उत्कृष्ट फरवार्ड र मनीषा श्रीस उत्कृष्ट खेलाडी बन्नुभयो।प्रतियोगितमा अनुशासित समूह रेसुङ्गा माध्यमिक विद्यालय बनेर सम्मानित भएको छ ।

    सदरमुकाम तम्घासको चिदिचौर खेल मैदानमा गत बुधबारदेखि शुरु शनिवार सम्म भएको छात्रा फुटबल प्रतियोगितामा जिल्लाका माध्यमिक विद्यालयस्तरीय (कक्षा–१० सम्म) को विभिन्न १४ वटा विद्यालयले भाग लिएका थिए ।

    प्रतियोगितामा पछिल्लो तीन वर्षको तथ्याङ्कलाई हेर्दा प्रत्येक वर्ष सहभागी समूहमा क्रमशःवृद्धि हुँदै आएको क्लबका उपाध्यक्ष प्रकाश मरासिनीले गुल्मीमा बताउनुभयो । महिला खेलाडीको पहिचान गराउने र महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लब स्थापनादेखि नै छात्रा फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो ।

    खेलको अवलोकनका लागि जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक समेतको उल्लेख्य उपस्थिति रहेको थियो । छात्रा खेलाडीको खेलप्रतिको लगाव निकै रोचक देखिएको स्थानीयको भनाइ छ ।

    Football  Photo_2.jpg

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend