Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली खेलकुदमा इतिहास रचेकी पलेशालाई भव्य स्वागत


१९, भदौ २०८१
  • 153
    SHARES
  • नेपाली खेलकुदमा इतिहास रचेकी पलेशालाई भव्य स्वागत

    काठमाडौं । नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

    आज बिहान स्वदेश टेकेकी पलेशालाई विमानस्थल पुगेर राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

    पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले विमानस्थलदेखि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गण त्रिपुरेश्वसम्म नगर परिक्रमा गराएको छ ।

    र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याएको छ ।

    राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ । पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन् ।

    सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भएपनि पदकविहिन थियो ।

    एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारालिम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले इतिहास बनाएको छ ।

    palesha-gobardan-1.jpg2.webp

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend