Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अब हामी गौरवका साथ भन्न सक्छौँ, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेसा


१९, भदौ २०८१
  • 149
    SHARES
  • अब हामी गौरवका साथ भन्न सक्छौँ, हामीसँग पनि ओलम्पिक मेडल छ : पलेसा

    काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् ।

    आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा पलेसाले भनिन्, ‘यो सफलता मेरो मात्र होइन । सबैको लागि हो । अब हामी गौरवका साथ भन्न सक्छौं हामीसँग पनि एउटा ओलम्पिक मेडल छ ।’

    पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

    स्वागत कार्यक्रममा पलेसाले आफूलाई एकदम खुसी लागिरहेको बताइन् । ‘म एकदम खुसी छु । मेरो यति धेरै हाइट हुन्छ भन्ने लागेको थिएन,’ उनले भनिन् ।

    उनले ओलम्पिक पदकको लामो समयदेखिको प्रतिक्षा पूरा भएको बताइन् । नेपालका खेलाडीहरु पनि ओलम्पिकमा पदक जित्नलायक छन् भन्ने यो प्रमाण भएको उनले बताइन् ।

    ‘सबैलाई नेपालले मेडल जित्दैन कि जस्तो लागेको थियो । तर मैले ल्याएँ’, उनले भनिन्, ‘सबै युवा तेक्वान्दो खेलाडीहरुले पनि देखिसक्नुभयो कि यो सम्भव छ ।’

    पलेसाले यो सुरुवात मात्र भएको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताइन् । ‘हामीलाई धेरै सुविधाहरु थिएन । अन्तिम समयमा एक महिनामात्र तालिम भयो,’ पलेसाले भनिन्, ‘यो सुरुवात मात्र हो । अझै अघि बढ्नु छ ।’

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend